पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङमा गए राति १ बजेतिर कारले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ । प्रस्याङको सिद्धार्थ बैङ्कअगाडि बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको बा१३च ३७२१ नं. को कारले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ८७ लाख राजस्व सङ्कलन भएको छ । चालु गत आर्थिक वर्ष २०७९।०८० र चालु आर्थिक वर्ष २०८० र ०८१ को पाँच महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सत्र महिनामा उक्त रकम सङ्कलन गरेको हो ।
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोला नियन्त्रणका लागि तटबन्ध निर्माण गरिने भएको छ ।सुनकोसी नदीको पानी सुरुङमार्फत मरिण खोलामा खसाइने छ । सोही क्रममा मरिण
पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउसमा मङ्गलबार बिहान ४ बजे जिप दुर्घटना हुँदा चालक सहित पाँच यात्रु घाइते भएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले किरात समुदायको महान् पर्व उँधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।
भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल २ जुन २०२३ मा विराटनगर भन्सारमा आउँदा नेपाली पक्षले भव्य स्वागत गरेको ६ महिना बितिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले महत्त्वका साथ उद्घाटन गरेपछि कार्गो रेल नियमित हुने अपेक्षा थियो । आरती स्ट्रिप्स प्रालिको औद्योगिक कच्चा पदार्थ झारेर फर्केको उक्त कार्गो रेल फेरि फर्केर भने आएको छैन । रेल फर्केर नआउनुको कारण बारे उद्योगी र भन्सार कार्यालयको बुझाइ फरकफरक छ ।
मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनामा शनिबार राति जङ्गली हात्तीको आक्रमणबाट ५१ वर्षीय कान्छीमाया तामाङ घाइते हुनुभएको छ । घरबाट बाहिर निस्किँदा जङ्गली हात्तीको आक्रमणबाट कान्छीमायाको ढाडमा चोट
सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाउनुभयो । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने बेला भयो”, अधिकारीले रासससँग भन्नुभयो ।
दुई पटक पछाडि परेको धनगढी एफसी सोमबार पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएर दोस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । एनएसएलको इतिहासमै यो पहिलो पेनाल्टी सुटआउट हो । धनगढी लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पछिल्लो संस्करणमा धनगढी फाइनलमा काठमाडौँ रेजर्ससँग निराश बनेको थियो ।
पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिनुभएको हो । विद्यालयको नयाँ छकोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गर्नुभएको छ ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२, छिन्चुमा ५० शøयाको सरुवा रोग अस्पताल निर्माण गरिने भएको छ । तीन वर्षअघि अस्पताल निर्माणको चर्चा भए पनि यस वर्षदेखि कामले पूर्णता पाउने भएको हो । जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको छ । यसै आर्थिक वर्षबाट सरुवा रोग अस्पताल निर्माणको काम थालिने जनाइएको छ । यसअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सम्पन्न गरिसकेको छ । भवन डिभिजन कार्यालय सुर्खेतका प्रमुख रामकृष्ण आचार्यका अनुसार अर्थ मन्त्रालयमा बजेटको स्रोत सुनिश्चितताका लागि फाइल पेस गरिएको छ । मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भए बहुवर्षीय ठेक्का प्रणालीबाट काम सुरु गरिने छ ।
मस्टा गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीयवासीले महिनामा दुई दिन अनिवार्य श्रमदान गर्ने कार्यको सुरुवात गरिएको छ । पालिकाभित्र निर्माण भइरहेका विकास निर्माणका कार्यलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको छ । स्थानीयको जनसहभागितामा (श्रमदान) कम्तीमा १० प्रतिशत गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि गाउँपालिकाले यस्तो अभियान सञ्चालन गरेको बताइएको छ ।
ऐतिहासिक मङ्गलसेन दरबार निर्माण पूरा नभएपछि ठेकेदार कम्पनीलाई १३ वर्षपछि स्पष्टीकरण सोधिएको छ । पटक पटक म्याद थप्दा पनि काममा ढिलासुस्ती गरेको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ ।
नेपालकै ठुलो सप्तकोसी नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरबारीबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निर्माण हुने भएको हो ।