अग्लो पहाडको टुप्पो। वरिपरि घना जङ्गल। दर्जन हिमालको लस्कर । सुन्दर ग्रामीण बस्तीका दृश्य । अनुपम प्राकृतिक सौन्दर्यका दृश्यका बिच रहेको छ, गाम्फाधुरी । यो १००८ स्वामी प्रमानन्द महाराजले तपस्या गर्नुभएको ऐतिहासिक स्थल हो । म्याग्दीको मङ्गला गाउँपालिका–४ र छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिका–३ को सिमानामा पर्ने गाम्फाधुरी समुद्री सतहदेखि तीन हजार नौ मिटर उचाइमा छ ।
केही समययता मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः हटेर अर्थतन्त्रका सम्पूर्ण सूचक चलायमान हुन थालेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । कोरोना सङक्रमण, रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्धलगायतका कारण सुस्ताएको अर्थतन्त्र लयमा फर्काउन सरकारले गरेको प्रयत्नले सफलता पाएको अर्थशास्त्रीहरूको बुझाइ छ । पछिल्लो एक वर्षको अवधिमा प्रत्यक्ष विदेशी लगानी र प्रतिबद्धता पनि वृद्धि भएको पाइनुले लगानी वातावरणमा राम्रो सुधार आएको छ । यसबाट मुलुकको अर्थतन्त्रले आगामी दिनमा अझ गति लिने अपेक्षा गरिएको छ । मित्रराष्ट्रहरूको भ्रमणका क्रममा होस् अथवा विभिन्न विश्वमञ्चमा सहभा
दोलखा वाणिज्य सङ्घको आयोजना हुने बृहत् दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ । पुस १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा हुने बृहत् दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र पारिएको सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश नेपाललाई विश्वले चिन्छ । शान्ति क्षेत्रका रूपमा संयुक्त राष्ट्रसङ्घमा पनि केही वर्षअघि नेपालले मान्यता पाएको थियो । यही पृष्ठभूमिका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको चारदिने नेपाल भ्रमण र भ्रमणको बेला विश्व शान्तिको सन्देश प्रवाह गर्नु अलौकिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल भ्रमणको बेला अशान्तिबाट आक्रान्त विश्वमा शान्तिको सन्देश दिनु दूरगामी महत्वको विषय हो । सरकारको समृद्धि, सुशासन र सामाजिक
शैक्षिक पाठ्यक्रम निर्माणदेखि त्यसको कार्यान्वयन र मूल्याङ्कनमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ । शैक्षिक प्रतिष्ठानहरूमा जुनसुकै काम र क्रियाकलाप अगाडि बढाउन सूचना प्रविधिको प्रयोग अनिवार्य जस्तै भइसकेको छ । समयसापेक्ष यसको महत्व बढेकै कारण शिक्षा र सञ्चार प्रविधिबिच गहिरो सम्बन्ध स्थापित भएको हो । त्यसैले पनि सामुदायिक विद्यालयको कक्षाकोठामा प्रविधिको प्रयोगबाट परम्परागत पठनपाठनको सिद्धान्तलाई विस्थापित गरी नयाँ अवधारणाको सुरुवात गर्नु आवश्यक छ ।
राज्यका तीन अङ्गबिच समुचित शक्ति सन्तुलनको अभाव छ । यसले शक्ति र अधिकारबिच द्वन्द्व रहेको सङ्केत गर्छ । यस्तो अवस्था कायम रहे शक्ति पृथकीकरणको सिद्धान्त नै धराशायी हुन सक्छ । राज्यका सबै निकाय जवाफदेही तथा उत्तरदायी हुनु पर्छ भन्ने मान्यतामा आधारित रहेर नै नियन्त्रण र सन्तुलनको सिद्धान्तको विकास भएको हो । नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई पहिलो पटक अमेरिकाको संविधानमा सन् १७८७ मा स्वीकार गरिएको थियो । जस अनुसार संसद्को अधिकार कङ्ग्रेसमा, कार्यकारिणी शक्ति राष्ट्रपतिमा रहने र न्यायिक अधिकार सङ्घीय सर्वाेच्च अदालतमा निहित रहने व्यवस्था गरियो । यसलाई नियन्त्र
नेपाल बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कार र परम्परा रहेको मुलुक हो । १२ औँ राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार यहाँ १४२ वटा जातजाति, १२५ वटा भाषा र १० वटा धर्म चलनचल्तीमा रहेका छन् । यी विविध जातिमा किरात राई समुदायमा नै १३ वटा जाति छन् । किरात समुदाय अन्तर्गत राई, लिम्बू, याक्खा र सुनुवारलगायत जाति पर्छन् । किरात समुदायका धर्म, भाषा, चाडपर्व आदि मान्यताहरू फरक–फरक छन् । उनीहरूले वर्षको दुई पटक मा
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (मङ्गलवार) बस्ने भएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्नका लागि पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेदेखि बैठक बस्ने भएको हो ।
कुनै बेला काठमाडौँ उपत्यकामा १२ वर्षसम्म वर्षा नभएर अनिकाल पर्दा हाहाकार मच्चियो । अनिकालबाट बच्न बुंगद्यः भनेर चिनिने रातो मच्छिन्द्रनाथलाई दक्षिण भारतको कामारू कामाक्षबाट अनेक जुक्ति लगाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका तान्त्रिक बन्धुदत्त र ललितपुरका एक किसानले ल्याएका थिए । बुंगद्यःलाई कृषि विशेषज्ञका रूपमा पनि मानिन्छ । बुंगद्यःले नै धानको खेती गर्न लगाए । धान फलेपछि सबभन्दा पहिला काठमाडौँका कृषकले यःमरि बनाएर खा
कालीगण्डकी गाउँपालिका–२, अर्बेनीका लक्ष्मीपति न्यौपाने उमेरले ३६ वर्ष पुग्नुभयो । न्यौपाने पेसाले शिक्षक हुनुहुन्छ । उहाँले कालीगण्डकी–१ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत दरबन्दीमा रही अध्यापन गराउँदै आउनुभएको छ । शिक्षण पेसाका साथमा उहाँले कृषि पेसाबाट लोभलाग्दो कार्य गर्दै आउनुभएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा चामल आयातमा कमी आएको छ । अधिकांश वस्तुको आयात घटिरहेका बेला चामलको आयातमा समेत गिरावट आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा (साउन–मङ्सिर) चार अर्ब १९ करोड ४१ लाख रुपियाँ बराबरको चामल आयात भएको थियो ।
चालु आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा आयात घटेको छ । बजारमा माग कम हुँदा बाहिरी मुलुकबाट हुने आयातमा कमी आएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात ३.३९ प्रतिशतले घटेर छ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ लाख रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा छ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपियाँको आयात भएको थियो । पाँच महिनाको अवधिमा निर्यात ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपियाँको निर्यात भएको थियो ।
सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रक्रिया अघि बढ्ने छ ।
गुल्मीमा अत्याधुनिक सुविधा सहितको अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खरज्याङमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि सञ्चालनमा आएको हो ।
राजाराम बुढाथोकीद्वारा निर्मित चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित चलचित्र पुस २७ गते देशभर प्रदर्शन गरिने भएको छ । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा हाँसो, रोदन, एक्सन, बिछोड सम्पूर्ण कुराको मिश्रण रहेको छ । दर्शकले यसबाट भरपूर मनोरञ्जन पाउने निर्माण पक्षको दाबी छ ।