सर्लाहीको ईश्वरपुर नगरपालिका –८, रामपुरमा सोमबार दिउँसो सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विषयमा छलफल भइरहेको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।
एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्स (एपिसिग) को अध्यक्षमा अधिवक्ता बाबुराम अर्याल निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उमेदवार पाकिस्तानका मुबसिर सरगनाभन्दा बढी मत प्राप्त गरेर अर्याल अध्यक्ष निर्वाचित हुनुभएको हो ।
नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एकमात्र जुङ्गे महादेवको मूर्ति भएको मन्दिर पुनर्निर्माणमा ढिलाइ भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।
बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।
घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा ६ वर्ष अघिसम्म जलाशय थिएन । गाउँनजिकको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार ठाउँमा प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा कृत्रिम जलाशय निर्माण भएपछि स्थानीयलाई सिँचाइसँगै आन्तरिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ ।
बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ । स्तरोन्नति भएर एक सय शय्या पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजना गरिएको नसर्ने रोग सम्बन्धीको स्क्रिनिङ स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगको शङ्का लागेका तीन सय १८ जना नागरिकले सेवा लिएका छन् ।
तानसेन नगरपालिका ४ र ११ तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ शिल्ड टी–२० क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।
तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको तुइन खोलामा पुल निर्माण गर्न गत शनिबारदेखि दैनिक चार घण्टा सडक बन्द गर्न सुरु गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले टिकट वितरणमा पूर्ण रूपमा न्याय गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको आज उद्घाटन तथा कांग्रेसको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।