दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् ।
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ निवासी ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुलेर कुरा गर्नुभएको छ । राजनीतिमा मौलाएको विकृति र विसङ्गतिको आक्रोश पोख्न पाए मन शान्त हुने बताउनुहुने उहाँ लामो समयदेखि सिंहदरबार धाइरहनुभएको थियो । आफ्ना ५५ वर्षीय छोराको उपचारका लागि प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्ने पनि उहाँको अभिलाषा थियो ।
प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रियभइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि बढाउने तयारी गरेको हो । बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि नबढेको उक्त विधेयकलाई शुक्रबारको सम्भावित कार्यसूचीमा सभाले सामेल गरेको छ ।
निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जित्नुभएको हो ।
जताततै सडक बजारमा खुला छाडिएका घोडा खच्चडका कारण फोहर बढ्नुका साथै यातायातका साधन सञ्चालनमा समस्या भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन अभियान सुरु गरेको छ ।
आईएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई हरियालीमय बनाउन उद्देश्यले बिरुवा बितरण थालिएको छ । नगरपालिका कार्यालयले नगरवासीलाई विरुवा वितरण कार्य सुरु गरेको हो ।
अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकालाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीसँग ब्याडमिन्टन सिक्नुका साथै खेलका प्राविधिक जानकारी लिएका थिए ।
आज साँझ ५ बजेदेखि इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल इलेक्सनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले आगामी आवको बजेट पारित गरेसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा. अम्बिका अर्यालद्वारा लिखित ‘उत्तरवर्ती उपन्यास प्रवृत्ति र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीको प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभयो ।
स्याङ्जाको चापाकोट नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरवासीको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन नगरपालिका आफैले एम्बुलेन्स सुचारु गरेको हो ।
पोखरा महानगरपालिका—१८ सराङकोटबाट बिहीबार देखिएको पोखराको बैदाम क्षेत्र ।
कैलालीको कटैनी नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । कैलारी गाउँपालिका –७ रामपुरका ४५ वर्षीय गणेश चौधरीको सो नदीमा डुबेर ज्यान गएको हो ।