कपिलवस्तुको बाणगंगा नगरपालिकामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पिपराले मासु भाग लगाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको छ । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको हो ।
गोरखा जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । जिल्ला सदरमुकामस्थित रङ्गशाला खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कांस्य पदक सहित सिरानचोक गाउँपालिकाले उपाधि जितेको हो ।
सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । यही पुस १६ गतेदेखि राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको हो । सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो ।
श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण गरी नदी नियन्त्रण गरिने भएको छ।
आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्त्वपूर्ण कामलाई अगाडि बढाएको छ ।
विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका १० राष्ट्रमा पर्दछ ।
कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।
रेसुङ्गा नगरपालिका–१३ स्थानीयहरूको दैनिकी नै बाँदर धपाउने बन्न पुगेको छ । बारीमा लगाएको अन्नबाली घरमा ल्याएर राखेपनि घरभित्रै पसेर बाँदरले खाइदिने गरेपछि उनीहरूको दैनिकी नै बाँदर धपाउने बनेको हो ।
“मेरो संसद् प्रवेशको एक वर्षे कार्यकालमा जनतासँग बाचा गरेका योजना कार्यक्रम यति गरेँ भनेर म सन्तुष्ट छु भन्ने ठाउँ छैन”, सांसद शान्ति श्रेष्ठले भन्नुभयो, “आफैँले आफैँलाई समीक्षा गर्नुपर्दा मेरो संसद्को वर्षदिनको अभ्यासमा मैले जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ, त्यसैले जनतासँग माफी माग्नैपर्छ ।”
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँले निर्माण गरेको बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आज तनहुँ आउनुहुने भएको छ ।
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।