म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् ।
बगनासकाली गाउँपालिकाले गत कात्तिकमा स्वास्थ्य क्षेत्रका १८ जना कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हाे ।
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
गोरखामा कृषि पर्यटन तथा व्यापार मेला २०८० हुनेभएको छ । गोरखा चेम्बर अफ कमर्सले पुस १९ गतेबाट गोरखा सदरमुकाममा कृषि पर्यटन तथा व्यापार मेला हुन लागेको जनाएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले आफू क्रिकेटमा नलागेको भए अष्ट्रेलियामा विद्यार्थी हुने सोचमा रहेको खुलासा गर्नुभएको छ ।
गल्याङ नगरपालिका–२, देवीस्थानमा रहेको ऐतिहासिक जगत्रदेवी मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
बाँकेमा कागज प्रशोधन उद्योग निर्माणको तयारी अगाडी बढाइएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले एक्सीलेन्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग निर्माणको तयारी अगाडी बढाएको हो ।
मकवानपुरको नामटारमा आज सोमबारदेखि दुई दिने स्यार्से कालिका मेला लाग्ने भएको छ । आज साँझबाट कैलाश गाउँपालिका–९ नामटारस्थित कालिका मन्दिर परिसरमा सुरु हुने मेला भोलि धान्यपूर्णिमाका दिन कालिका मन्दिरमा पूजाआजासहित पाठीको बली दिएर समापन गरिने बताइएको छ ।
चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ ।
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको हो ।
नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ ।
गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ ।
सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ ।
लिम्बु समुदायको मुख्य पर्व चासोक तङ्नाम भोलिदेखि सुरु हुँदैछ । सोमबार धरान १५ स्थित किराँत याक्थुम चुम्लुङहिममा पत्रकार सम्मेलन गरी किराँत याक्थुम चुम्लुङ धरान नगरले सो कुरा जानकारी गराएको हो ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले व्यास नगरपालिका–३ स्थित बिपी पार्कमा स्थापना गरिएको बिपीको सालिकमा माल्यार्पण गर्नुभएको छ ।