• १५ मंसिर २०८१, शनिबार

सभापति देउवाद्वारा बिपीको सालिकमा माल्यार्पण

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको सालिकमा माल्यार्पण गर्नुहुँदै ।

अमरराज नहर्की 

तनहुँ, पुस ९ गते । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले व्यास नगरपालिका–३ स्थित बिपी पार्कमा स्थापना गरिएको बिपीको सालिकमा माल्यार्पण गर्नुभएको छ । 

२०३६ असोज ६ गते सो ठाउँमा रहेको बेलचौतारीबाट पहिलो पटक बिपीले उद्गार गर्नुभएको थियो, ‘‘सबै नेपाली मै सरह होस्, सबै नेपालीको एउटा बस्ने घर होस्, एउटा दुहुनो गाई होस्, बिहान र बेलुका खान पुगोस्, केटाकेटीलाई पढाउन सकुन् र बिरामी पर्दा ओखतीमूलो गर्ने सामर्थ्य होस् ।’’

त्यही ठाउँमा हालै पार्क निर्माण गरिएको छ । सभापति देउवालाई कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले स्वागत गर्नुभएको थियो । सभापति देउवाले कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको आज उद्घाटन गर्ने कार्यक्रम छ ।