लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिनुभएको छ ।
प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।
शान्ति सुरक्षा र अपराध अनुसन्धान एवं नियन्त्रणका कारण सुशासनतर्फ पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानसँगै ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरण, सुन तस्करीविरुद्धको विशेष अपरेसन, विद्युतीय सट्टेबाजी, सहकारी ठगी, मिटरब्याजविरुद्ध राज्यको कठोर कदम, सुन तस्करी प्रकरणमा गृह प्रशासनको सफल अनुसन्धानले सरकार सुशासनको
राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताउनुुभएको छ । राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ–“किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना ।”
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताउनुभएको छ । किराँत समुदायले मनाउने महान् पर्व उधौली र विविध प्राचीन संस्कृति एवं परम्परागत विरासत बोकेका नेवार समुदायले मनाउने यमरीपुन्हीँ ९धान्यपूर्णिमा० एवं ज्यापु दिवसको उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले त्यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याएकाे उल्लेख गर्नुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
स्थानीय तहमा विभिन्न योजना बनाउँदै थन्क्याउने प्रवृत्ति तीव्र बन्दै गएको छ। ७५३ स्थानीय तहमध्ये करिब तीन सय वटा पालिकाले मात्र विभिन्न योजना बनाएका छन्। योजना बनाएका स्थानीय तहले पनि व्यवहारमा कार्यान्वयन नगरी थन्क्याउने गरेका छन्। स्थानीय शासनविज्ञ एवं नेपाल सरकारका पूर्वसहसचिव विष्णुदत्त गौतमले स्थानीय तहले योजना बनाउँदै कार्यान्वयन नगरी थन्काउने प्रवृत्ति बढ्दो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहमा छिटोछिटो प्रमुख प्रशासकीय अधिकृत सरुवा हुने र नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि पुनः नयाँ योजना बनाउने प्रवृत्ति बढ्दै गएको हो।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले मङ्गलबार अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरु सकारात्मक भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको प्रमुख दलको शीर्ष बैठकमा नेताहरु सो विषयमा सकारात्मक हुनुभएको हो ।
सुदूरपश्चिम सरकारले प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक कार्यक्रममा प्रदेश सरकारले सो आव्हान गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफू अध्ययन गर्नुभएको सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउने आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिएको छ ।