सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैङ्कबाट परियोजना सहायताको रूपमा ३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ।
ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गए पनि पछिल्लो समय ज्येष्ठ नागरिक घरपरिवार र समाजबाट एक्लिँदै गएकाले युवा जनचेतनाका कार्यक्रम आवश्यक रहेको सरोकारवालाले बताउनुभएको छ ।
कुन्तीदेवी विक कैलालीको टीकापुर नगरपालिका वडा नं १ शक्तिनगर शिविरमा बस्दै आउनुभएको छ । निर्वाचनका समयमा दैनिक चहलपहल हुने उहाँको घर तथा आसपासको क्षेत्र यतिबेला सुनसान छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढीपहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। मानवीय क्षतिसँगै घर तथा पशु चौपाया गुमाएका परिवारलाई विपद् प्रभावित सहयोग कार्यविधि बनाएर गाउँपालिकाले राहत उपलब्ध गराउन थालेको हो।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ।
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश सभामुखलाई गणना गरी बहुमत पुगाएको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई आग्रह गरेको हो ।
लिगका लागि सहभागी टोलीले खेलाडी छनोट र प्रशिक्षण, विदेशी खेलाडी अनुबन्ध गर्ने काम गरिरहेका छन् । असार ३० गतेसम्म सञ्चालन हुने लिगको तयारी अन्तिम चरणमा पुगेको भलिबल सङ्घले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल सरकारले खोलेको भ्रष्टाचारको फाइल जरासम्म नपुगे २०८४ मा जनताले जरो उखेलेर फाल्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले गरेको विरोधलाई पार्टीले भ्रमक, आपत्तिजनक र दुराशययुक्त प्रचारबाजी भनेको छ।
भेरीगङ्गा नगरपालिकाका पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर मेशिन (घाँस, पराल काट्ने मेशिन) वितरण गरिएको छ । भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख धनसरा बोहोराले किसानहरुलाई च्यापकटर मेशिन वितरण गर्नुभएको हो ।
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले सभामुख समेतको सङ्ख्या देखाएर पेस हुने दाबीलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गर्नुभएको छ ।
पश्चिमी युक्रेनी शहर भिल्भमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् ।
रिब्दिकोट गाउँपालिकाभित्रका अव्यवस्थित विद्युतीय पोलहरु तथा तारहरु व्यवस्थापन भएपछि रिब्दिकोट –७ का स्थानीय खुशी भएका छन् । घर अगाडि हाइटेन्सन हुँदा त्रसित बनेका स्थानीय अहिले खुशी भएका हुन् ।