झापाको कमल गाउँपालिकामा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । बससँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको हो ।
दाङको दङ्गीशरण गाउँपालिका-३ चखौरामा रहेको थारु जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ ।
मधेश प्रदेश सभा सदस्यलाई दक्षता अभिवृद्धि तालिम दिइएको छ । महिला तथा सीमान्तकृत समुदायका समस्यालाई सम्बोधन तथा कार्यान्वयन गराउने उद्देश्यले सो तालिम दिइएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोतको विकासबाट मात्रै देशमा समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ ।
आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान चिन्तित बनेका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोना भाइरसको पुरानै ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।
बादी समुदायको आर्थिक, सामाजिक अधिकार र न्यायको पहुँचमा प्रदेश सरकार तथा सरोकारवालाको भूमिका विषयमा छलफल गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो ।
अग्लो पहाडको टुप्पो, तल वरिपरि घना जङ्गल छ । आँखैअघि लस्करै हिमाल छन् । सुन्दर ग्रामीण बस्तीका दृश्यहरू तल देखिन्छन् । यी अनुपम प्राकृतिक सुन्दरताभित्र रहेको गाम्फाधुरी १००८ स्वामी परमानन्द महाराजले तपस्या गर्नुभएको ऐतिहासिकस्थल हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन/निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरेको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ मा रहेको बौनाह खानेपानी आयोजनाको काम अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएको र तोकिएको समयमा कार्य सम्पन्न गर्न नसकेपछि आयोजना अलपत्र परेको हो ।
फाकफोकथुम गाउँपालिका-४ इलामका पूर्णकुमार राई (दिपेन) ले छ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम-४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापलन व्यवसाय सञ्चालन गर्नुभयो ।
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार मधेश प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।