• १२ असोज २०८१, शनिबार

खेलकुदमा भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

blog

काठमाडौँ, पुस ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन/निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरेको छ । सातै प्रदेशका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो । सातै प्रदेशको समितिमा राखेपका सदस्यलाई संयोजक तोकिएको छ र सातै समिति तीन सदस्यीय छन् ।

सुदूरपश्चिम प्रदेशमा एकेन्द्र कुँवर, गण्डकी प्रदेशमा राजेश गुरुङ, कर्णाली प्रदेशमा प्रकाशकुमार कुसारी, बागमती प्रदेशमा पेमा डोल्मा लामा, कोशी प्रदेशमा अञ्जन धमला, लुम्बिनी प्रदेशमा एलबी क्षेत्री, मधेश प्रदेशमा मानदेव हजारा संयोजक हुनुहुन्छ ।

गत चैत १८ गते सम्पन्न खेलकुद पूर्वाधार नीति संवाद–२०७९ मा निकालिएको निचोड अनुरूप सम्भावित संरचानाहरुको पहिचान गर्न, राखेपअन्तर्गत साबिकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारको अध्ययन÷निरीक्षण गर्नुका साथै प्रदेश सरकार, स्थानीय सरकार तथा खेलकुदसँग सरोकार पक्षसँग समन्वय गरी २१ दिनभित्र समितिले प्रतिवेदन बझाउनु पर्नेछ ।