सिन्धुलीको तीनपाटन गाउँपालिका–३ निवासी ७१ वर्षीय चन्द्रबहादुर तमाङलाई मोतीबिन्दुको शल्यक्रिया गरी उपचार गरेपछि नयाँ जीवन पाएसरह भएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित रेडक्रस आँखा
प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असहजता अन्त्य भएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लालाई सडक सञ्जालले जोड्ने उद्देश्यले बागमती नदीको सिक्रोदोभानमा पुल निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालले जोड्न
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।
भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । महामारीको रूपमा कोरोना देखा परेको लामो समयपछि फेरि केहीमा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।
रतुवामाई नगरपालिका मोरङको दक्षिणपूर्वी ग्रामीण भूगोल समेटेर बनेको नगरपालिका हो । नगरपालिकामा भर्खर विकासको जग बस्दै छ । यस नगरको आर्थिक समृद्धिको आधार पशुपालन र कृषि हो । पूर्वमा झापा र भारत, दक्षिणमा भारत,
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सरकार जनताको अभिभावक भएकाले जनतालाई अप्ठ्यारो परेको बेला सहयोग गर्ने बताउनुभएको छ ।
बर्दीबास नगरपालिकामा जङ्गली हात्तीको आतङ्क नियन्त्रण हुन नसक्दा स्थानीय जनता त्रासमा छन् । रातको समय बस्ती प्रवेश गर्ने हात्तीका जोडीले जनताका घर भत्काउनुका साथै बालीबिरुवामा समेत क्षति पु-याउन थालेपछि नगर प्रमुख प्रह्लाद क्षेत्री आफैँ हात्ती धपाउने अभियानमा जुट्नुभएको छ ।
जुम्लामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ । तातोपानी गाउँपालिका–६ द्वारा हाँकूँ चौरमा आयोजित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
सशस्त्र प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको सन्ध्याकालीन सीमा गस्तीले मटिहानी २ बरदाहाका ५२ वर्षीय अनवर सेखलाई विभिन्न नामका एक हजार ६९४ थान लागू औषधका एम्पुलसहित आइतबार साँझ पक्राउ गरेको हो ।
खोटाङको एक सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा कक्षाकोठा खाली छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयको कक्षा २ खाली रहेको छ । कक्षा ३ सम्म पठनपाठन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नागरिकको हित अनुकूलका कामलाई प्राथमिकता दिइरहेको बताउनुभएको छ । सर्लाहीको कर्मैयामा माओवादी केन्द्रका अगुवा कार्यकर्तासँगको भेटमा उहाँले नागरिकका समस्या समाधान र देशको समृद्धितर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो ।
आइतबार बिहानदेखि धेरै पेट दुखेपछि वराहक्षेत्र नगर अस्पताल आउनुभएको सुनसरी वराहक्षेत्र ८ का ५० वर्षीय राधा बराल नगर अस्पतालको आकस्मिक कक्षमा उपचारपछि घर फर्कनुभयो । उपचारपछि स्वास्थ्यमा सुधार भएको बताउनुहुँदै बरालले भन्नुभयो “नगरमै अस्पताल भएकाले छिटो उपचार पाइयो ।”
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र कार्यपालिका सदस्यबिच विवाद चर्किंदै गएको छ । उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङसम्बन्धी कार्यविधि–२०८० लाई लिएर विवाद चर्किएको हो । नगर प्रमुख हमाल कार्यविधि जसरी पनि लागु गर्ने पक्षमा हुनुहुन्छ भने बहुसङ्ख्यक कार्यपालिका सदस्य कार्यविधि खारेज हुनुपर्ने पक्षमा देखिएका छन् । नगर प्रमुखको निर्णयबाट असन्तुष्ट सदस्यले कार्यविधि चोर बाटो अपनाइ प्रक्रियाविपरीत आएको जिकिर गरेका छन् । नगर प्रमुख हमालको एकल निर्णयबाट अवैधानिक तरिकाले कार्यविधि राजपत्रमा प्रकाशित भएको आरोप सदस्यहरूको छ । जग्गा प्लटिङ गर्दा बाटोको चौडाइ १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ ।
बिजुली नहुँदा अँध्यारोमा बस्न बाध्य ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । सुर्नया गाउँपालिका–८, ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि अँध्यारो बस्ती उज्यालो भएको हो । ढोले गाउँमा बिजुली बलेसँगै यस जिल्लाको करिब २२ हजार घरधुरी विद्युत्को पहुँचमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार गरी ढोले गाउँको दल्ले बगरमा ट्रान्सफर्मर जडान गरेको छ ।