• १२ मंसिर २०८१, बुधबार

राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता : २० स्वर्णसहित हिमा गाउँपालिका प्रथम

blog

जिल्ला तातोपानी हाकुचौरमा आयोजना गरिएको प्रतियोगिता शिल्ड बुझ्दै हिमा गाउँपालिका । तस्बिर :नेत्र शाही

नेत्र शाही
जुम्ला, पुस ९ गते ।
 जुम्लामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ । तातोपानी गाउँपालिका–६ द्वारा हाँकूँ चौरमा आयोजित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

सहभागी पालिकामध्ये हिमा गाउँपालिकाले सञ्चालित विभिन्न विद्याका खेलमा २० वटा स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको हो । जसमा हिमाले करातेतर्फ १२ वटा, १५ सय मिटर दौडमा छात्रा/छात्रतर्फ दुई वटा, तीन हजार मिटर दौड छात्रतर्फ एक वटा, हाईजम, लम्जम र त्रिपलम्जम तर्फ एक/एकसहित २० वटा स्वर्ण पदक जितेको हिमा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख दन्तराज रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार १५ सय मिटर दौडमा छात्रा/छात्रातर्फ गरी दुई वटा, त्रिपलम्जम दुई वटा, ज्याब्लीङ थ्रोमा एक गरी जम्मा आठ रजत पद हासिल भएको छ । हिमाले प्रतियोगिता जितेपछि खुसीयाली मनाएको छ ।

आयोजकका अनुसार समग्र प्रतियोगिताको द्वितीय चन्दननाथ नगरपालिका भएको छ । चन्दननाथले १२ वटा स्वर्ण पदकसहित दोस्रो स्थानमा हासिल गरेको आयोजकले जनाएको छ । चन्दननाथ छात्रतर्फको भलिबलमा उपविजेता बनेको छ ।

सञ्जा गाउँपालिका दुई वटा स्वर्ण पदकसहित तेस्रो भएको छ । सिञ्जाले लम्जम छात्रा तर्फ एक वटा, दुई सय मिटर दौड छात्रातर्फ एक वटा गरी दुई वटा स्वर्ण पदक जितेको सिञ्जा गाउँपालिका खेल प्रशिक्षक शक्तिसिंह खत्रीले बताउनुभयो । जिल्लाको सिञ्जा गाउँपालिकामा सिँजाले दुईसय दुई मिटर दौड छात्रतर्फ एक वटा, एक सय मिटर दौड छात्रातर्फ एक, त्रिपलम्जम छात्रातर्फ एक गरी जम्मा तीन वटा रजत र दुई वटा कांस्य पदसहित तेस्रो भएको हो ।

प्रतियोगितामा छात्रा भलिबलको विजेता बनेको कनकासुन्दरी समग्र प्रतियोगिताको चौथो भएको छ ।  छात्रतर्फको भलिबल विजेता बनेको तिला गाउँपालिका समग्र प्रतियोगितामा पाँचौँ स्थानमा छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार विभिन्न चुनौतीका बिचमा प्रतियोगिता सम्पन्न भएको छ । अर्को पटक हिमा गाउँपालिकाले आयोजना गर्ने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने पालिकाहरूले शिल्ट, प्रमाणपत्र, मेडललगायतका पुरस्कार पाएका छन् ।