नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताउनुभएको छ । इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले धार्मिक उत्सव एवम् चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्नाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताउनुभएको छ ।
नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
एक वर्षको अन्तरमा करिब दुई लाख व्यक्तिगत करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७९ कात्तिकदेखि २०८० कात्तिकसम्मको अवधिमा एक लाख ९९ हजार ३६१ जनाले स्थायी लेखा नम्बर लिएर करदाताका रूपमा आफूलाई दर्ता गराएका हुन् । सोही अवधिमा ४१ हजार ८३३ वटा संस्थाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका हुन् । त्यस्तै एक वर्षभित्र दुई हजार १२६ वटा करकट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएको मन्त्रालयको तथ्याङ्क छ ।
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । मङ्सिर २१ गते राति युनाइटेड अरब इमिरेट्स दुबईबाट काठमाडौँ आएको फ्लाई दुबई विमानका यात्रु गोरखा, बारपाकका चन्द्र घलेका साथबाट विमानस्थल भन्सार कार्यालयले १४ केजी सुन बरामद गरेको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने एक युवकलाई १० दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ।
आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढाउन बाँकेको कोहलपुर नगरपालिका –१२ स्थित नेपाल राष्ट्रिय मावि खडकवारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
सुनसरीको चक्रघट्टी फुटबल क्लब ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा तेह्रथुमको आठराई गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फाइनल प्रवेश गरेको हो।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) र नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ परिमार्जनको संयुक्त माग गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरूले सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
कञ्चनपुरस्थित पुरैनी तालमा यस वर्ष २८ प्रजातिका आगन्तुक चरा भेटिएका छन् । उत्तरी चीन, मङ्गोलिया, रुसलगायतबाट हिउँदे आगन्तुक जलपन्छी यहाँ आएका हुन् ।
दुबईबाट १४ किलो सुन ल्याउने गिरोहले १३८ केजी सुन नेपाल भित्र्याएको खुलेको छ। मङ्सिर २१ गते बिहीबार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिले प्रतिवेदनले सो समूहको संलग्नतामा १३८ केजी सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो।