म्याग्दीको बेनीमा जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवाष राउत स्वदेश फर्किनुभएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो ।
ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घको रजत महोत्सवको अवसरमा आइतबार बिहान प्रभातफेरी गरिएको छ । सङ्घ तथा सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको २५ औं स्थापना दिवस अर्थात् रजत महोत्सवको अवसरमा सदरमुकाम फुङ्लिङमा प्रभातफेरी गरिएको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको तीनदिने निःशुल्क आँखा शिविरमा ९१ जनाको सफल शल्यक्रिया गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको ओकालत गर्नु जायन नहुने बताउनुभएको छ ।
४५ वर्षदेखि घर परिवारसँग सम्पर्कविहीन रहेर बेपत्ता रहनुभएका एक व्यक्ति फेला पर्नुभएको छ । ताप्लेजुङ जिल्ला श्रीजंगा गाउँपालिका–३ घर भएका ६० वर्षीय धनबहादुर लिम्बु बालकैमा हराउनु भएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ ।
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज (आइतबार) विज्ञापन प्रकाशन गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा बालविवाह बढ्दो क्रममा छ । बारेकोट गाउँपालिका भरी बालबिवाह हुने गरेको पाइएको छ ।
आजको शिशु चिकित्सकको रेखदेखका साथ अस्पतालमा जन्मन्छ र मोबाइलमैत्रीमा रम्दै हुर्कन थाल्छ । ज्ञान प्राप्त गर्नुभन्दा पहिल्यै वर्षाको छाता जस्तो वैज्ञानिक ज्ञानले निर्मित औजारहरूको ओतले उसलाई जोगाइदिन्छ । मेरो अवतरणमा
वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।
वात्सल्य प्रेम भनेको कुरा पनि अचम्मको हुँदोरहेछ । आल्हादित किसिमको । अनुभूतिका रङहरू
जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्षअघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा वृद्धिको गति उनीहरूको अस्थिरताका कारण ताजा खाद्यान्न मूल्यहरू बाहेक, लगातार २० औं महिनामा बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि रह्यो ।