१. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित हुने प्रतिभा को–को हुनुहुन्छ ? लोकसङ्गीत विधा : नवीन किशोर राई सङ्गीत विधा : गणेश रसिक परम्परागत तथा शास्त्रीय सङ्गीत विधा : विजयकृष्ण श्रेष्ठ रङ्गमञ्च विधा : भैरव क्षेत्री नृत्य विधा : कुलमान नेपाली र
स्थानीय तहमा विपत् व्यवस्थापन १. विपत् व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ ? स्थानीय तहको विपत् व्यवस्थापनसम्बन्धी जिम्मेवारीहरू उल्लेख गर्नुहोस्। कुनै स्थानमा भौतिक तथा मानवीय क्षति पु-याउनुका साथै आमजीवनयापन र वातावरणमा प्रतिकूल असर गर्ने प्राकृतिक एवं गैरप्राकृतिक घटना विपत् हुन्। विपत् जोखिम न्यूनीकरण, विपत् प्रतिकार्य र विपत् पुनर्लाभसम्बन्धी कार्यलाई समग्रमा विपत् व्यवस्थापन भनिन्छ । विपत् व्यवस्थापन अन्तर्गत विपत्का घटना घट्न नदिन गरिने पूर्वतयारी र
‘हेरिटेज पेजेन्ट्स’ को २०२३ को संस्करणका लागि नेपालको तर्फबाट आधिकारिक प्रतिस्पर्धी चयन गर्न ‘मिस एन्ड मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको उपाधि विजेता मिस तथा मिसेस दुवैले इप्लानेट सिङ्गापुरको आयोजनामा आगामी नोभेम्बरमा थाइल्यान्डमा सञ्चालन हुने ‘हेरिटेज पेजेन्ट्स २०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।
समाजसेवी सन्तबहादुर तामाङ लामाको ‘आत्मानुभूति’ सार्वजनिक भएको छ । गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष नवराज लामा, प्रदेश सभासद् शान्ति श्रेष्ठ र पूर्वसचिव धनबहादुर तामाङलगायतले हालै आयोजित कार्यव्रmममा सो पुस्तकको लोकार्पण गर्नुभएको हो । पचासी वर्षअघि काभ्रेपलाञ्चोक बासडोलमा जन्मनुभएका तामाङले विसं. २०२३ देखि २०६३ सम्म करिब ४० वर्ष निर्माण व्यवसायीका रूपमा काम गर्दाका अनुभवलगायतका विषयलाई पुस्तकका रूपमा ल्याउनु भएको छ । गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष नवराज लामाले समाजसेवी, व्यवसायी तामाङले आफ्नो सिङ्गो जीवनकालमा गर्नुभएको अनुभव समेटेर निकालेको पुस्तकबाट आजका पुस्ताले इतिहास बुझ्ने र उहाँको कामबाट पे्ररित हुने मौका पाउने बताउनुभयो ।
गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’ को रिमेक भर्सन सार्वजनिक भएको छ । रिमेक भर्सनको गीतमा सङ्गीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र सङ्गीत छ । उहाँलाई स्वरमा पाल्मु शेर्पाले साथ दिनुभएको छ । गीत शम्भुजितले ४६ वर्षअघि रेडियो नेपालमा गाउनुभएको थियो । गीतमा चाँद सिंहको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ । गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पा फिचर्ड हुनुहुन्छ । भिडियोको निर्माता गायिका पाल्मु नै हुनुहुन्छ ।
काठमाडौँको जमलस्थित नाचघरमा आगामी शनिबारदेखि ‘११ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२३’ हुने भएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा नेपालका एक दर्जन र अन्य ११ देशका १० वटा अफ्रिकन चलचित्र तथा वृत्तचित्र प्रदर्शनका लागि चयन भएका छन् ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शून्य र विशेष समयमा सदस्यले उठाएका प्रश्नको जवाफ दिन प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ। बागमती प्रदेश सभा बैठकको विशेष समय र शून्य समयमा प्रदेश सभा सदस्यले राखेका प्रश्नको जवाफ नदिएकोप्रति सभाका सदस्यले आपत्ति जनाएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो।
नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगका बिरामीको सङ्ख्या बढेको छ। नसर्ने रोगका बिरामी बढेसँगै सरकारमाथि यो समस्याको निदान कसरी गर्न सकिन्छ भन्ने चुनौती थपिएको छ। काभ्रेपलाञ्चोकका स्थानीय तह यस्ता बिरामीको पहिचान तथा उपचारमा लागेका छन्।
चालु आर्थिक वर्षको ११ महिनामा स्वदेशी र विदेशी गरी २८३ नयाँ उद्योग दर्ता भएका छन् । स्वदेशी तथा विदेशी लगानीका यी नयाँ उद्योगहरूमा प्रस्तावित लगानी दुई खर्ब तीन अर्ब रुपियाँ हाराहारी रहेको उद्योग विभागको तथ्याङ्कमा छ । गत वर्षको तुलनामा स्वदेशी र विदेशी लगानीका उद्योग दर्तामा कमी आएको विभागले जनाएको छ ।
विभिन्नखालका प्राकृतिक विपत्ति न्यून गर्ने उद्देश्यले दिइने पूर्वसूचनाको उपयोग हुन नसक्दा जनधनको क्षति बढी हुने गरेको देखिएको छ। नभएको सूचना बढी खोजी गर्ने तर दिइएको सूचना उपयोग र व्यवस्थापनमा ध्यान दिन नसक्दा नेपालमा क्षतिको आँकडा बढ्न थालेको विज्ञहरूले औँल्याउनुभएको छ। अघिल्लो शुक्रबारदेखि सङ्खुवासभा, पाँचथर र ताप्लेजुङ क्षेत्रमा भारी वर्षा भयो। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबारदेखि नै कोशी प्रदेशका विभिन्न ठुला साना नदीमा बहाव बढ्ने सूचना दियो।
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७८ को साबिककै व्यवस्थाअनुसार प्रकाशन गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा पनि एसईईको नतिजा संशोधन गरिएको निर्देशिकाबाट गर्ने कि पुरानो भन्ने विषयमा निर्णय नहुँदा सरोकारवाला अन्योलमा परेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोक्नुभएको छ।
परम्परागत कृषि प्रणाली अन्तर्गत असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन छ ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ ।
दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।