गुल्मीबाट छुट्ने लामो वा छोटो दूरिका सवारीसाधनमा “जाऊँ हिँड रेसुङ्गा” अभियानको स्टिकर टाँस गरिएको छ ।
प्रदेश सभाबाट प्रमाणीकरण भइसकेका कानुन कार्यान्वयनमा समस्या देखिएको छ । यसरी बनाइएका कानुन प्रयोगमा ल्याउन प्रदेश सरकारले नै चासो नदिएको हो । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको ऐन अझै प्रयोगमा आउन सकेको छैनन् ।
चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो ।
कर्णाली नदीमा तुइन तरेको एक सय रुपियाँ भाडा तिर्नुपर्ने भएको छ । सर्केगाड गाउँपालिका– २, ल्याप्चेमा व्यवसाय सञ्चालन गरेका स्थानीयले आफ्नै लगानीमा तुइन निर्माण गरी पैदल यात्रुबाट एक सय रुपियाँ भाँडा असुल गर्दै आएका छन् । ल्याप्चेस्थित कर्णाली नदीमाथि व्यक्तिगत लगानीमा निर्माण गरिएका तुइनमा तर्नुभएका पैदल यात्रु सरोज रावतले एक सय रुपियाँ भाडा तिरेको बताउनुभयो । पैदल यात्रुलाई डेढ घण्टा लामो बाटो हिँड्न नपर्ने भएपछि स्थानीयले निर्माण गरेको तुइनमा भाडा तिरेर चढ्दै आउनु परेको हो । एक पटक तुइनमा नदी पार गर्न दुई जनासम्म यात्रु राख्ने गरिन्छ ।
गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
खोटाङको रावा बेँसी गाउँपालिकाले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएपछि किसानलाई सहज भएको छ । गाउँपालिकाले मिल खरिद गरेर सुपथ मूल्यमा सञ्चालन गरेपछि किसानलाई सहज भएको हो । रावा बेँसी गाउँपालिकाका
दाङमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका जग्गा नापजाँचमा ढिलाइ भएको छ । जिल्लामा जग्गा नापजाँचको काम सुरु भएको करिब एक वर्षको अवधिमा करिब २८ सयभन्दा बढी जग्गा नापजाँच भएको छ । भूमि आयोग जिल्ला समिति दाङमा निवेदन दिनुभएका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी परिवारले निवेदन दिएकोमा मङ्सिर महिनासम्म करिब दुई हजार ८७९.४ हेक्टर जग्गाको नापनक्सासम्बन्धी काम भएको जिल्ला भूमि आयोग दाङले जनाएको छ ।
मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छ । शनिबार राति मकवानपुर मनहरी गाउँपालिका–७ बिजौनाकी कान्छिमाया तामाङलाई घरबाट बाहिर निस्कदा जङ्गली हात्तीले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उपल्लो मुस्ताङका ल्होमन्थाङ तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश बासिन्दा चिसो छल्न बेँसी झरिसकेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तल्लो भेक अन्तर्गत पर्ने बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका क्षेत्रका पनि झन्डै आधा जनसङ्ख्या चिसो छल्न बेँसी झरिसकेको बताउनुभयो । अहिले उपल्लो मुस्ताङ क्षेत्रमा निश्चित मानिस मात्रै धेरै घरको रेखदेखका लागि बसेको उहाँको भनाइ छ ।
पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर फुड फेस्टिवलको आयोजना हुने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलनको आयोजना गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा आगामी पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिवल हुने जानकारी दिएको हो ।
मकवानपुरको बकैया गाउँपालिका–२ स्थित सरस्वती सामुदायिक वनको भीर तल एक जना पुरुषको शव फेला परेको छ ।
जलस्रोतका क्षेत्रमा विश्वमा ब्राजिलपछिको दोस्रो सम्पन्न मुलुकका रूपमा नेपाल चिनिँदै आएको छ । पाँच दशकअघि जलस्रोतविद् हरिमान श्रेष्ठले विद्यावारिधि शोधका क्रममा नेपालका नदीनालाबाट विद्युत् उत्पादन हुन सक्ने कुल क्षमता ८३ हजार मेगावाट भएको अनुमानित आँकडालाई आधार मान्दै जलविद्युत्मा दोस्रो धनी भनिँदै आएको छ । केही समयअघि जल तथा ऊर्जा आयोगले ‘सिल्ड एन्ड सिम्याट’ लाई परामर्शदाता कम्पनी नियुक्त गरेर गराएको अध्ययनबाट समेत यसैको हाराहा
प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यो अवधिका बारेमा सरकारले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । सरकारका तर्फबाट जारी प्रगति विवरण आफ्नो ठाउँमा सही होला । सरकार बाहिरबाट आमजनताका दृष्टिमा त्यसमा पनि संविधान र कानुनको कार्यान्वयनका दृष्टिमा सरकार कस्तो रह्यो समीक्षा गर्ने प्रयत्न यस आलेखमा गरिएको छ । सरकारको प्रगति विवरण यसका आधारमा बजारमा सरकारका सफलता र असफलताको मापन र आकलन भइराखेको छ । यसै सेरोफेरोमा संविधान कार्यान्वयनका दृष्टिमा सरकारका एक वर्षको आकलन गर्ने यस आलेखको आशय हो ।
पाल्पाको रैनादेवीछहरा–२, सोमादीस्थित सिजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । आफूहरूका माग पूरा नगरेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले शनिबार उद्योगको प्रशासनमा तालाबन्दी गरेका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समाजिक संघसंस्थासँग सहकार्य गरेर समाजमा रहको समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताउनुभएको छ ।