रमेश विकल साहित्य प्रतिष्ठानले २०८० को रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ । शनिबार प्रतिष्ठानले विकलको पुख्र्यौली थलो आरुबारीमा १५ औँ विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । पुरस्कारको राशि नगद ५० हजार रहेको छ ।
हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापाले अमेरिका यात्रा गर्ने भएका छन् । ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारहरू अर्को हप्ता त्यसतर्फ जान लागेका छन् । उहाँहरू सबै चर्चित हास्य रियालिटी सो ‘कमेडी च्याम्पियन’ सँग आबद्ध छन् । यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुने आयोजक संस्थाका विनोद अधिकारीले बताउनुभयो । कार्य
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने ८० करोड रुपियाँ रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्षको बाँकी रहेको अर्बभन्दा बढी रकममध्ये ८० करोड रुपियाँ भुक्तानी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा. प्रकाशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम भुक्तानी गर्न निर्देशन दिनुभएको थियो ।
धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका २०७३ लागू भएको पोखराको विन्ध्यवासिनी मन्दिरको आम्दानीबाट प्राकृतिक अस्पतालसहित अरू सामाजिक काम भइरहेका छन् । निर्देशिका अनुसार मन्दिरको जग्गा, भेटीलगायतका आम्दानीबाट विद्यालय, अस्पताल, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न सक्ने प्रावधान छ ।
सार्वजनिक खरिद ऐन स्वास्थ्यमैत्री नहुँदा स्वास्थ्य उपकरण खरिदमा गुणस्तरहीन सामग्री आउन सक्ने भन्दै विज्ञहरूले सरकारलाई त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । उनीहरूले स्वास्थ्य सामग्री तथा खरिद गरिएका स्वास्थ्य उपकरण गुणस्तरीय नभएमा त्यसको प्रत्यक्ष असर आमनागरिकमा पर्ने बताएका हुन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले काठमाडौँमा आयोजना गरेको नेपालको स्वास्थ्य क्षेत्रमा आपूर्ति व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा विज्ञहरूले स्वास्थ्य उपकरण गुणस्तरीयतामा जोड दिँदै स्वास्थ्य सामग्री खरिद गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् ।
सरकारले विभिन्न स्थानीय तहमा छ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्राम घोषणा गर्न स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाइसकेको छ । मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै थप छ वटा ग्राम घोषणा हुने छन् । मन्त्रालयका अनुसार मधेश प्रदेशको बारास्थित करैयामाई गाउँपालिका, सोही प्रदेशको पर्सास्थित बहुदरमाई नगरपालिकामा ग्राम घोषणा गर्न लागिएको छ । कोशी प्रदेशको तेह्रथुमस्थित फेदाम गाउँपालिकामा ग्राम घोषणा गर्न लागिएको हो ।
चालु आर्थिक वर्षको पाँच महिनामा अर्थ मन्त्रालयले करिब पाँच अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले साउनदेखि मङ्सिरसम्म चार अर्ब ७६ करोड ३२ लाख रुपियाँ रकमान्तर भएको जनाएको हो । पुँजीगत शीर्षकमा विनियोजन गरिएको एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा गरिएको रकमान्तर यसमा समेटिएको छ ।
विशेष अदालतले ७७ जिल्लाबाटै बहस पैरवी गराउने गरी ‘भर्चुअल’ सुनुवाइ तयारी थालेको छ। विचाराधीन मुद्दामा सम्बन्धित जिल्ला अदालतको समन्वयमा पक्षहरूले चाहेमा ‘भर्चुअल’ सुनुवाइ गर्ने तयारी गरिएको हो। सुनुवाइ व्यवस्थापन कार्य अघि बढाउन सर्वोच्च अदालत प्रशासनले विशेष अदालतलाई अनुमति दिइसकेको छ।
नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुगेको छ । हालै रुवान्डासँग सातामा १४ उडान गर्ने गरी सम्झौता भएसँगै उक्त देशमा बिनारोकतोक नेपाली वायु सेवा कम्पनीले उडान भर्न पाउने छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी माघ तेस्रो सातासम्म थप दुई मुलुकसँग द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराउनु भएको छ ।
भेरी करिडोर भित्र पर्ने नलगाड नगरपालिका–१२ तल्लु बगर र आठबिसकोट नगरपालिका६ छहरेबगर गोतामकोट रुकुमपश्चिम जोड्ने अलपत्र अवस्थामा रहेको ठूली भेरी नदीको पुल ।
पाँचथरको फिदिममा शनिबारदेखि चासोक मेला सुरु भएको छ। मेला हरेक वर्ष उधौली पर्वका अवसरमा लाग्ने गर्छ।
तिनिधि सभाका सदस्य ठाकुर गैरेले जनतामा बढेको निराशा लोकतन्त्रका लागि खतरा रहेको बताउनुभएको छ। भ्रष्टाचार, बेतिथि र तस्करीका कारण जनतामा निराशा बढेकाले जनतामा बढेको निराशालाई हटाउतर्फ सबै लाग्नुपर्ने विचार राख्नुभयो।