सुरक्षित यात्राका लागि सवारी चालक र यात्रु दुवै जिम्मेवार अर्थात् संवेदनशील हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपालले जितका लागि आयरल्यान्डलाई दुई सय ६९ नम्बरकाे लक्ष्य दिएको छ ।
झापाको हल्दिबारी–२ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशीले असार १० गते घरको ढोकामा विषालु गोमन सर्प हिँडिरहेको देख्नुभयो । तत्कालै उहाँले सर्पलाई टाउकामा समाउनुभयो र घाँटीमा बेर्नुभयो । मदिरा लागेको बेसुरमा लापरबाही गर्दा परिणाम उल्टो निस्कियो, उहाँको दुवै हातमा सर्पले डस्यो ।
नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौती भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताउनुभएको छ।
यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो ।
नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व सङ्कलनको अवस्था डरलाग्दो रहेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्नुहुँदै सांसद चौधरीले यस्तो बताउनुभएको हो ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकार विद्यालय स्तरको पाठ्यक्रममै खेलकुदका गतिविधि र तालिम सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
इलामको माई नगरपालिका –३ मा जेठाजुले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् ।
बागलुङको ताराखोला गाउँपालिका–१ स्थित माझखर्क गाउँ । जिल्लाकै विकट मानिने यो गाउँ सडक सञ्जालले जोडिएपछि अहिले सुगम बन्दै गएको छ ।
राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या स्थिरतातर्फ उन्मुख भएको देखाउँदा आन्तरिक रूपमा भने जनसङ्ख्या घट्ने र बढ्ने दरमा भिन्नता छ ।
राष्ट्रिय सभा बैठकमा सांसदहरूले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनीकरणका लागि काम गर्न सरकार समक्ष माग गर्नुभएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा कक्षा १२ सम्म नै अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका छन् ।
ललितपुरको पाटन म्युजियमको छेउमा अदालत भवन नामको एउटा ऐतिहासिक भवन छ । घाँसले ढपक्क ढाकेको उक्त भवनको एउटा कोठा इलाका हुलाक कार्यालयले प्रयोग गरिरहेको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गरिएको छ ।
तीन तहका सरकारले काम गरिरहे पनि सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्थामा सुधार नआएको एक कार्यक्रमका सहभागीले बताएका छन्।