गण्डकी प्रदेश सरकारले विपत् जोखिम न्यूनीकरणका लागि १० करोडको कोष बनाएको छ। प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनका लागि प्रदेश सरकार सँगै रहेको बताउनुभएको छ। उहाँले विपत् जोखिम न्यूनीकरणका लागि जिल्ला तहमा पनि १०/१० लाख नघट्ने गरी विपत् कोषको रकम पठाएको जानकारी दिनुभयो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित प्रदेश शान्तिसुरक्षा र विपत् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माणसम्बन्धी गोष्ठीमा
तनहुँको आबुँखैरेनी गाउँपालिका –४, लोप्राङ्ग गाउँका बासिन्दालाई घरमा आउने धाराको मुहान पहिरोले पुरिएपछि खानेपानीको चरम अभाव भएको छ । चार दिन अघिदेखि धारामा पानी नआएपछि अहिले पानी जोहो गर्न निकै कठिन भइरहेको स्थानीयले बताएका छन् ।
सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक आयोजना निर्माणमा केही सुधार देखिए पनि अझै आशा गरिए अनुसार काम हुन सकेको छैन। सडक निर्माणको समय अझै धकेलिने निश्चित भएको छ। आयोजनाको प्रगति हालसम्म ३८ प्रतिशत रहेको छ। अहिले कामको गति केही बढेको आयोजनाले जनाए पनि वर्षाका कारण खासै काम हुन सकेको छैन।
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा मङ्गलबार १५ शय्याको सामुदायिक अस्पताल उद्घाटन गरिएको छ। सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको उद्घाटन गर्नुभएको हो। सीमावर्ती क्षेत्रमा स्थापना भएको यो अस्पतालले यहाँका ग्रामीण भेगका बासिन्दालाई प्रभावकारी ढङ्गले प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। अस्पताल सञ्चालन तथा विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि मन्त्रालयको साथ, सहयोग रहने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो। गरिब तथा विपन्न वर्गका लागि प्रत्येक सरकारी तथा निजी अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले यहाँ पनि कोही गम्भीर प्रकृतिका बिरामी उपचार नपाएरै बसिरहेको भए आफ्नो सम्पर्कमा ल्याइदिन आग्रह गर्नुभयो।
झापाको कनकाई नगरपालिका–६ का लागि बनाइएको भवन प्रयोग नहुँदा अलपत्र बनेको छ। गत वर्ष निर्माण सम्पन्न भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको छ। स्थानीय रामचन्द्र पौडेलले उपलब्ध गराएको दुई कट्ठा जग्गामा बनेको सो भवनको संरचना उपयुक्त नहुँदा हालसम्म प्रयोगमा आउन सकेको छैन। कार्यालय प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको छ भने शौचालयमा राखिएको पानी ट्याङ्की हावाले उडाएको छ। आफ्नै भवनमा कार्यालय राख्न नपाएपछि वडा कार्यालय भने स्वास्थ्यको भवनमा राखिएको छ।
र्याफ्टिङ, प्याराग्लाइडिङ र बन्जीले नेपालीमा बढाएको ‘एडभेन्चर क्रेज’ मा अहिले क्यानोनिङ पनि थपिएको छ । डोरीमा झुन्डिएर झरनाको फोहोरासँग खेल्दै झर्ने खेल हो क्यानोनिङ । कास्कीको ल्वाङ घलेलमा व्यावसायिक रूपमा क्यानोनिङ गराइन्छ । केही समय कोरोनाले थलिएको पर्यटन व्यवसायले गति लिन थालेपछि क्यानोनिङ गर्नेको सङ्ख्यामा पनि बढ्दो मात्रामा छ ।
हिमाली जिल्ला हुम्लामा हालसम्म ९५ प्रतिशत मार्सी धानको रोपाइँ सम्पन्न भएको छ । समयमा पानी पर्नु र अधिकांश खेतका लागि सिँचाइ कुलोको व्यवस्था भएका कारण समयमै रोपाइँ पूरा भएको हो । कृषि विकास कार्यालयले उपलब्ध गराएको विवरण अनुसार असार १८ सम्म जिल्लाको कुल धान खेतीमध्ये ९५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ ।
ऊर्जा उद्यमीले जलविद्युत् कम्पनीमा भएको सेयरको भविष्यका विषयमा स्पष्टता आवश्यक रहेको बताएका छन् । मङ्गलबार विद्युत् नियमन आयोगका उपाध्यक्ष दिल्लीबहादुर सिंहलाई भेटेर उनीहरूले प्रवर्धकको सेयरको लकिङदेखि सरकारलाई आयोजना हस्तान्तरणका बखत सर्वसाधारणलगायत लगानीकर्ताको स्वामित्वमा रहेको सेयरका विषयमा स्पष्ट पार्नुपर्ने औँल्याएका हुन् ।
नेपालको अति सीमान्तकृत दोलखाका थामी जातिको आफ्नो कर्मकाण्ड ग्रन्थ सिलोके पालाखे विमोचन गरिएको छ । जिल्लाको बिगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले तयार पारेको यो ग्रन्थ विमोचन गरिएको हो ।
संयुक्त अधिराज्य(बेलायत)को संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउनुहुँदै नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बचेको बताउनुभयो ।
मित्र राष्ट्र चीन सरकारले ४२ वर्षअघि (विसं २०३८) पूर्व पश्चिम राजमार्ग र पृथ्वी राजमार्गबिचमा ३६ किलोमिटर सडक बनाइदिएपछि राजधानीसँग सिङ्गो मुलुक जोड्यो नारायणगढ–मुग्लिन सडकले। दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्ने गरेको यो सडक मुलुककै धमनीका रूपमा छ। अधिकांश उपभोग्य वस्तु आयात गरेर रजगज देखाउनुपर्ने राजधानीको आपूर्ति प्रवाह मूलतः यही सडकमा निर्भर छ। पूर्वी नेपाललाई राजधानीसँग जोड्ने वैकल्पिक सडक बिपी राजमार्ग र हेटौँडा नौबि
विश्वविद्यालय लथालिङ्ग छ। नयाँ विश्वविद्यालय खोल्ने प्रक्रिया पनि चालु छ। उच्च शिक्षाका लागि विदेसिने विद्यार्थीको सङ्ख्यात्मक वृद्धि बर्सेनि भइरहेको छ। परिवारको भोको पेट मेटाउन विदेशमा खर्चेको श्रमबापत आएको रेमिट्यान्स मुद्रा विदेसिने विद्यार्थीकै अनुपातमा बाहिरिने क्रम जारी छ। उच्च शिक्षाको बढ्दो मागका कारण व्यापारिक घरानालाई पनि शिक्षा क्षेत्रले तानेको छ तर विद्यार्थीको बाहिरिने क्रम रोकिएको छैन।
जनता समाजवादी पार्टी (जसपा) नेपालले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।
समय परिवर्तनशील छ। महिला, पुरुष र अन्य (एलजिविटिक्यू) सबै बराबर भन्ने विश्वव्यापी विकासको लहरले कुनै पनि मुलुक अछुतो रहन सक्दैन। यसको प्रभाव नीति निर्माण तहदेखि प्रशासनिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा परेको छ तर महिला हक अधिकारका विषय कर्यान्वयनका तहमा पुग्न सकेको छैन। महिलालाई सृष्टिकी जननी, घरकी साक्षात लक्ष्मी, अन्यायको अन्त्यका लागि शत्रुको विनाश गरी न्याय स्थापित गर्र्ने शक्तिस्वरूपा काली, दुर्गा भवानीलगायत विविध उपमाले परिचित गराइन्छ। दुष्टहरूको संहार गर्नेका लागि पछि नपर्ने आफ्नो भयङ्कर रूप धारण गरी क्षणभरमा असत्यलाई पराजय गराउने साहसी, हिम्मतवा
दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी पञ्चेश्वर गाउँपालिका–५ बस्ने खट्टे चन्दका छोरी ३९ वर्षीया कलावती चन्द र छोरा ५८ वर्षीय गम्भिर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।