नयाँरोड–बरहथवा सडकखण्डअन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित धरहरा जङ्गलमा आगजनीबाट जलेको एउटा मोटरसाइकल बरामद भएको छ ।
नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा बैङ्ककै पूर्वकर्मचारी तिलकराज पाण्डेय नियुक्त हुनुभएको छ । बैङ्क सञ्चालक समितिको शुक्रबारको निर्णय अनुसार पाण्डेयलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको चारवर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै सिइओ पद रिक्त थियो । सिइओका लागि अन्तिम प्रतिस्पर्धामा पाँच जना थिए । जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेयलाई नियुक्त गरिएको बैङ्कले जनाएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले ईसाई धर्मावलम्बीहरुको पर्व क्रिसमसका अवसरमा तीन सार्वजनिक बिदा गरेको छ ।
अछामका चार पालिकामा यस वर्ष १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । जिल्लाको पञ्चदेवल विनायक, कमलबजार, साफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकले अदुवाको उत्पादन गरेका हुन् । चार पालिकाका करिब एक हजार दुई सयभन्दा बढी कृषकले यस वर्ष प्रतिव्यक्ति १५० किलोग्रामभन्दा बढी अदुवा उत्पादन गरेका छन् ।
इलामको रोङ गाउँपालिका–५ इरौंटारका धन बहादुर राई ७८ वर्ष पुग्नु भयो । राईको बुढेसकालको सहारा रेडियो हो । उहाँ घरमा बस्दा रेडियो सुन्दै बस्नु हुन्छ । राई भन्नु हुन्छ ‘‘परिवारका सदस्य काममा सबै लाखापाखा लाग्छन, रेडियोलाई साथी बनाएर बस्ने गरेको छु ।’’
नेपालमा अटिजमको पहिचान चुनौती बन्दै गएको पाइएको छ । मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजम नेपालमा नौलो र फरक स्वास्थ्य समस्या भएकोले पहिचानमा समस्या देखिएको हो । पछिल्लो तथ्याङ्क अनुसार बागमती प्रदेशमा मात्र एक हजारभन्दा बढी अटिजमको समस्याबाट पीडित रहेका छन् । यस प्रदेशका १३ वटै जिल्लामध्ये काठमाडौँ र ललितपुरबाहेक अन्य जिल्लामा अटिजमबाट ग्रसित हुने पुरुषको तुलनामा महिला बढी छन् ।
धनगढी उपमहानगरपालिका–१८ इ गाउँमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताउनु भयो ।
दुर्गाथली गाउँपालिका–१, का विजय तिरुवालाई सवारीसाधन चढेर आफ्नो गाउँसम्म आउन पाइएला भन्ने कुराको विश्वास नै थिएन । यस्तो डाँडा, कठिन भिरपाखा र पहाडमा सडक बन्ला र गाडी आउला भन्ने कुरा तिरुवालगायत कतिपयका लागि सपना जस्तै थियो । गाउँ गाउँमा सडक पुग्ला र घर घरमा सवारीसाधन आउलान, यहाँका दुर्गम गाउँ सुगम सहर जस्तै सुविधायुक्त होला भनेर त झन् आफूले कहिलै कल्पनासम्म नगरेको उहाँ बताउनुहुन्छ ।
बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकका सात वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । मेलम्ची नगरपालिका–११ को इन्दे्रश्वरी माध्यमिक विद्यालय, तेस्र्रे मावि, कुविण्डेको सेतीदेवी मावि, सानोसिरुवारीको सिद्धिगणेश मावि, थुम्पाखरको महेन्द्रोदय माविलाई अनुदानमा विद्यालय बस प्रदान गरिएको हो ।
धनगढीमा ग्लोबल आइएमई बैङ्कले घर फुटाइदिएपछि घरधनीले हारगुहार गरेका छन् । डेढ करोड ऋण लिएर बनाएको घरलाई बैङ्कले कार्यालय बनाउने नाममा भत्काइदिएको तर छोड्ने बेला सम्झौता अनुसार मर्मत नगरेको भन्दै भुवनसिंह कार्कीले हारगुहार गर्नुभएको हो । उहाँले मासिक दुई लाख बढी भाडा उठ्ने घरलाई बैङ्कले भाडामा नजाने बनाइदिएको आरोप लगाउँदै मर्मतसहित क्षतिपूर्तिको माग गर्नुभएको छ । कार्कीसमेतको स्वामित्व रहेको धनगढी उपमहानगरपालिका–२ मा शशाङ्क शाहीको घरलाई सन् २००७ बाट तत्कालीन बैङ्क अफ काठमाडौँले भाडामा लिएको थियो ।
झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो ।
जाडो बढेसँगै रौतहटको ग्रामीण क्षेत्रमा चुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा गोबर गुइँठाको प्रयोग बढेको छ । चिसो छल्न आगो ताप्ने उद्देश्य
गुल्मीबाट छुट्ने लामो वा छोटो दूरिका सवारीसाधनमा “जाऊँ हिँड रेसुङ्गा” अभियानको स्टिकर टाँस गरिएको छ ।
प्रदेश सभाबाट प्रमाणीकरण भइसकेका कानुन कार्यान्वयनमा समस्या देखिएको छ । यसरी बनाइएका कानुन प्रयोगमा ल्याउन प्रदेश सरकारले नै चासो नदिएको हो । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको ऐन अझै प्रयोगमा आउन सकेको छैनन् ।
चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो ।