प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा बालविवाह बढ्दो क्रममा छ । बारेकोट गाउँपालिका भरी बालबिवाह हुने गरेको पाइएको छ ।
आजको शिशु चिकित्सकको रेखदेखका साथ अस्पतालमा जन्मन्छ र मोबाइलमैत्रीमा रम्दै हुर्कन थाल्छ । ज्ञान प्राप्त गर्नुभन्दा पहिल्यै वर्षाको छाता जस्तो वैज्ञानिक ज्ञानले निर्मित औजारहरूको ओतले उसलाई जोगाइदिन्छ । मेरो अवतरणमा
वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।
वात्सल्य प्रेम भनेको कुरा पनि अचम्मको हुँदोरहेछ । आल्हादित किसिमको । अनुभूतिका रङहरू
जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्षअघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा वृद्धिको गति उनीहरूको अस्थिरताका कारण ताजा खाद्यान्न मूल्यहरू बाहेक, लगातार २० औं महिनामा बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि रह्यो ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसङ्ख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिनुभएको छ ।
‘सांसदसँग रासस संवाद’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्वीकार वा अस्वीकार गर्ने परिपाटी र संस्कारको अन्त्य हुनुपर्छ ।”
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नुभएको छ । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गर्नुभएको हो ।
टर्की संसदले अर्को हप्ता स्वीडेनको नाटो प्रस्तावमाथि छलफल गर्ने भएको छ । संसदको विदेश मामिला समितिले अर्को हप्ता स्वीडेनको नाटो प्रस्तावका बारेमा संसदमा छलफल हुने बताएको हो ।
यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सेभ द चिल्ड्रेनले नलगाड र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्पपीडित सुत्केरीलाई चार सय टेन्ट उपलब्ध गराएको छ ।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान करिब ३ बजेतिर आगलागि भएको हो ।
भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–६, मा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडामा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिने शैक्षिक संस्था सात वटा पुगेको छ ।