क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा ‘‘हेर्दाहेर्दै’ मा राखिएको छ । सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।
उच्च अदालत र यसका इजलासहरूमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । आइतबार उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबिच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ।
सुदूरपश्चिम र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार जित निकालेका छन् ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले २६ वर्षपछि मन्त्रालयले ठुलो सङ्ख्यामा दरबन्दी सिर्जना गर्ने तयारी गरेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ। आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
पाँचौँ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालले वर्चस्व जमाएको छ । प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी ३ स्पर्धामा समान ३/३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो ।
गुल्मीको धुर्कोट गाउँपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वडा नम्बर–१ नयाँ गाउँस्थित नयाँ गाउँ माध्यमिक विद्यालय प्रथम भएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ।
ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला फुटबल क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।
काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ मा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबहरूले पुस १५ गते भित्र आफूले पाउनु पर्ने बक्यौता रकम नपाए अखिल नेपाल फुटबल सङ्घ( एन्फा) ले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा नखेल्ने जनाएका छन् ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताउनुभएको छ।
विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एप्एिफले लुम्बिनी प्रदेशलाई ९० रनले हरायो ।