बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको इसाई समुदायको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
निर्माण व्यवसायीले नवनिर्मित भवनमा बत्तीको विद्युत् (ट्रान्समिटर लाइन) जडान गर्न नसकेपछि स्वास्थ्य चौकीले नौ वर्षदेखि टहरा र भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ । दोलखाको विगु गाउँपालिका–५
सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्नुहुन्छ । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहनुभएका उहाँले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्नुहुन्छ ।
कर्णाली प्रदेश सभाका महिला सांसदले आफूहरूले सदनमा उठाएका विषयमा सरकारले सुनुवाइ नगरेको बताउनुभएको छ। प्रदेश सभा सदस्य गमता विकले संसद्मा आफूले उठाएका महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेको बताउनुभयो। उहाँले लैङ्गिक उत्तरदायी बजेट निर्माणका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएको चर्चा गर्नुभयो । उहाँले सामाजिक रूपान्तरणमा सरकारले ठोस नीति, कार्यक्रम र बजेटको व्यवस्थापनमा ध्यान दिनुपर्ने भए पनि त्यसो हुन नसकेको बताउनुभयो ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा सुरु भएको छ । आइतबार एक कार्यक्रमकाबिच आठबिसकोटका नगरपालिका प्रमुख रबी केसीले मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ गर्नुभएको हो ।
ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा बालविवाह बढ्दो छ । बारेकोट गाउँपालिकाभरि बालविवाह हुने गरेको पाइएको छ । कोही भागेर त कसैको अभिभावककै सहमतिमा बालविवाह हुने गरेको छ । यहाँ बालविवाह रोकथामका लागि सचेतीकरणका कार्यक्रम नभएका कारण पनि बालविवाह बढेको देखिन्छ ।
चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हँुदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको न्यूनतम मूल्य निर्धारण गरेसँगै रैथाने बालीको खरिद सङ्कलनले तीव्रता पाएको छ ।
लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।
सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिकामा आयोजित अन्तर विद्यालय स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटले जितेको छ ।
डेढ अर्बभन्दा बढी रुपियाँ विद्युत् महसुल नबुझाएपछि घोराही सिमेन्ट उद्योगको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरणलाई एक अर्ब ५३ करोड एक लाख ६१ हजारभन्दा बढी रुपियाँ विद्युत् महसुल नबुझाएपछि घोराही सिमेन्ट उद्योगको विद्युत् लाइन काटिएको हो । सो उद्योगले नियमित तिर्नुपर्ने विद्युत्को महसुल तिरेको थिएन । आफूले डेडिकेटेड लाइन प्रयोग गरिरहेको बहाना गर्दै विद्युत् प्राधिकरणलाई विद्युत् महसुल तिर्न उद्योगले अटेर गर्दै आएको थियो । विद्युत् प्राधिकरणले डेडिकेटेड विद्युत् लाइन अन्तर्गत उद्योगलाई विशेष विद्युत् लाइनको व्यवस्था गरेको छ ।
गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । यहाँको वडा नम्बर– १०, ११ र १२ मा रहेका तीन वटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।
पोखरा महानगरपालिका–६, लेकसाइडलाई खुला तारमुक्त बनाइँदै छ। स्ट्रेट नम्बर १५ देखि १७ सम्मका सडक र ठाडो पसल क्षेत्रमा भूमिगत तारका लागि सडक खनेर पाइप राखिसकिएको छ। सँगसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि चाइना पुलसम्म पनि पाइप राखिएको छ ।