महिला तथा सामाजिक समितिका सभापति रोशन कार्कीले अपाङ्गता भएका महिलाले भोग्नुपरेको हिंसा, विभेद न्यूनीकरणका लागि सरोकारवालासँग बसेर समितिमा छलफल गर्ने बताउनुभएको छ ।
सन् १९५७ मा भारतको जम्मुबाट काठमाडौँ आइपुग्नुभएको थियो सरदार प्रितम सिंह । ट्रक चालकका रूपमा २२ वर्षको उमेरमा काठमाडौँ आएका सरदार सिंहले नेपालको यातायातका क्षेत्रमा व्रmान्तिकारी रूपान्तरण आरम्भ गर्नुभयो । ६६ वर्षपछि उहाँको जीवन यात्राका सङ्घर्ष र सफलताका प्रेरणादायी कथा समेटिएको पुस्तक ‘रोड्स टु दी भ्याली’ सोमबार सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार सिंहकी छोरी किरणदीप सान्धुद्वारा लिखित ‘रोडस् टु दी भ्याली’ विमोचन गर्नुभएको हो ।
तीन नवोदित लेखकका तीन कृति पुरस्कृत भएका छन् । २०७९ सालभर प्रकाशित नवोदित लेखकका काव्य, आख्यान र गैरआख्यान कृतिलाई साहित्यपोस्ट उत्तम काव्य, साहित्यपोस्ट उत्तम आख्यान तथा साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार प्रदान गरिएको हो । पुरस्कारका संस्थापकद्वय उत्तमप्रसाद पन्त र उत्तम भौकाजीको उपस्थितिमा पुरस्कृत कृतिको घोषणा र पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो । काव्यतर्फ प्रदीप रोदनको गजल सङ्ग्रह ‘मफलर’ आख्यानतर्फ हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र गैरआख्यानतर्फ डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’ ले प्राप्त गरेका हुन् ।
बर्दियाको बाँसगढीमा तीनदिने थारू लोक चित्रकला तथा मूर्तिकला प्रशिक्षण सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जासु कला केन्द्रको संयुक्त आयोजनामा भएको प्रशिक्षणको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले गर्नुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उपत्यका बाहिर पश्चिम नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गरेको बताउँदै प्रतिष्ठान रैथाने कला संस्कृतिको संरक्षण तथा संवर्धनका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले प्रतिष्ठानले बाँसगढी नगरपालिकालाई पहिलो प्राथमिकता दिई थारू लोककला, संस्कृतिको संरक्षणमा उल्लेखनीय कार्य गरेको बताउनुभयो ।
कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्ने ‘हाइवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दीपक रौनियारले निर्देशन गर्ने चलचित्र ‘राजागन्ज’ मा मिस नेपाल–२०१७ की निकिता चाण्डकले अभिनय गर्नु हुने भएको छ । चाण्डकले ‘साङ्लो’ चलचित्रपछि दोस्रो चलचित्रमा अभिनय गर्न लाग्नुभएको हो ।
करमा दर्ता भएका विभिन्न २८ हजार ३५३ करदाताको दर्ता खारेज भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार व्यावसायिक, व्यक्तिगत र करकट्टी गर्ने निकायको गरी हालसम्म सो सङ्ख्या बराबरको दर्ता खारेजी भएको हो । जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६, व्यक्तिगत स्थायी लेखा नम्बरले १२ हजार ६३५ र करकट्टी गर्ने निकायले लिएको दुई वटा स्थायी लेखा नम्बर खारेज भएको छ ।
सरकारले सुनको कोटा घटाए पनि आयात भने १० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात १० प्रतिशतले बढेर ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपियाँको आयात भएको हो । गत वर्ष सो अवधिमा ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार रुपियाँको सुन आयात भएको थियो । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको छ । डेढ वर्षअघि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै गत दैनिक २० केजीबाट घटाएर १० किलोमा झारेको थियो । सुनको कोटा घटाए पनि आयातमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चोरी तस्करीबाट समेत ठुलो परिमाणमा सुन आयात हुने गर्छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताउनुभएको छ। उहाँले सोमबार धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।
वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ। नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने निश्चित भएको हो।
हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ। एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ। त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खोलेर काम अघि नबढाई रोकिएको भण्डारा–मलेखु सडक छ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ ।
नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।
घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घरभित्रबाट उद्धारकर्ता स्थानीय युवाले सोमबार जीवितै उद्धार गरेको विषालु करेत (गराइच सर्प ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ। देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।