छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता पुस २३ देखि २८ गतेसम्म ललितपुरमा हुने भएको छ ।
तानसेनमा शनिबारदेखि नगरस्तरीय ‘प्रथम क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।
सप्तरीको राजविराजस्थित जनकपुर उच्च अदालत राजविराज इजलासमा कानुन व्यवसायीहरूको साझा सङ्गठन उच्च अदालत बार एसोसिएसनको निर्वाचन अगामी पुस १४ गते हुने भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘हरिबहादुर बुढामगर फाउण्डेसन’ ले सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको राजनीतिक परिवर्तन ठुलो त्यागबाट आएको जनाउँदै अबको यात्रा सहज बनाउन पनि त्याग नै जरुरी हुने बताउनुभएको छ। पोखराको जिरो किलोमिटरमा पार्टीको गण्डकी प्रदेश कार्यालय उद्घाटनपछि उहाँले यस्तो बताउनुभएको हो।
ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।
कोचिङ पढ्न भनी घरबाट हिँडेका बालक गिरिशचन्द्र देव १० दिनपछि शनिवार घर फर्केका छन् । सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १७ वर्षीय गिरिश बेपत्ता भएको दसौँ दिनमा शुक्रवार भारतीय नम्बरबाट परिवारको सम्पर्कमा आएका थिए ।
नेपालगन्जको सीमा क्षेत्रबाट प्रहरीले कस्तुरीको बिना बरामद गरेको छ। भारतबाट नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरीले जमुनाहा नाकाबाट पाँच थान कस्तुरीको बिना बरामद गरेको हो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबिच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताउनुभएको छ ।
बर्दियामा पाटे बाघको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका –४, बैरिया गाउँका १२ वर्षीय सुमित थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजना गरिएको नसर्ने रोगको स्वास्थ्य शिविरमा मधुमेह, उच्चरक्तचाप र मिर्गौला सम्बन्धी रोग शङ्का लागेका २०६ जनाले सेवा लिएका छन् ।
भारत-नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो ।
गुल्मीमा मङ्सिर १ गतेदेखि हराएका व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउने बताउनुभएको छ ।