म्यानमारमा भएको निर्मम हिंसाबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीले छिमेकी देश बङ्गलादेशमा सुरक्षा पाउने आशा गरेका थिए, तर धेरैले भोकमरी, अपहरण र सामूहिक हिंसाबाट बच्न समुद्री जोखिमपूर्ण यात्रा गर्दै इन्डोनेशिया र मलेशियासम्मको यात्रा तय गर्ने गरेका छन् ।
बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवलले वीरगन्ज युनाइटेडलाई १–० गोलले हरायो ।
पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
बाघलगायत स्तनधारी वन्यजन्तुको अवस्था पत्ता लगाउन क्यामरा ट्रयाप प्रविधि जडान हुनेभएको छ । तराई भू–परिधि कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका कपिलवस्तु, दाङ र अर्घाखाँचीका वनमा क्यामेरा ट्रयाप जडान हुनेभएको हो ।
इङ्लिस क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकप जितेको छ । साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा शुक्रबार राति भएको फाइनल खेलमा सिटीले ब्राजिलको फ्लुमिनेन्सलाई ४–० गोलले हरायो ।
मकवानपुरको कैलाश गाउँपालिकामा रहेको गुप्तेश्वर गुफा ओझेलमा परेको छ । भौगोलिक विकटतासँगै प्रचार प्रसारको अभावमा प्राकृतिक गुफा ओझेलमा परेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
गुल्मी दरबार गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट दुई हजार २४२ जनाले सेवा लिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा विमालेख कार्यक्रमको शुभारम्भ गरेको छ ।
नेकपा माओवादी केन्द्रका समर्थक श्रद्देय लक्ष्मणबहादुर कर्माचार्यको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको बताउनुभएको छ ।
तानसेनका स्थानीय बासिन्दाको सक्रियतामा नेवारी संस्कृतिको जर्गेना गर्ने उद्देश्यले ‘योमरी महोत्सव’ गरिएको हो ।
लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्ति मार्गीलाई लुम्बिनी आउन तथा पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा गरिएको छ।
स्याङ्जामा रैथाने बाली जोगाउन बिउ बैङ्क (बिउ बिजन सङ्कलन तथा संरक्षण केन्द्र)को स्थापना गरिएको छ । पछिल्लो समय परम्परागत बाली लोप हुँदै जान थालेको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका-८ मा बिउ बैङ्कको स्थापना गरिएको हो ।