• १२ मंसिर २०८१, बुधबार

सिटीलाई क्लब विश्वकप उपाधि

blog

काठमाडौँ, पुस ७ गते । इङ्लिस क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकप जितेको छ । साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा शुक्रबार राति भएको फाइनल खेलमा सिटीले ब्राजिलको फ्लुमिनेन्सलाई ४–० गोलले हरायो ।

सिटीले पहिलो पटक क्लब विश्वकप उपाधि जितेको हो । एकपक्षी खेलमा सिटीको जिताउन जुलियन अल्वारेजले दुई तथा र फिल फोडेनले एक गोल गर्नुभयो ।

सिटीले अर्को गोल टोलीले उपहारमा पाएको थियो । यस्तै इजिप्टको अल आली तेस्रो भयो । आलीले उराव रेड्सलाई ४–२ गोलले हरायो । एजेन्सी