गुल्मी दरबार गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट दुई हजार २४२ जनाले सेवा लिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा विमालेख कार्यक्रमको शुभारम्भ गरेको छ ।
नेकपा माओवादी केन्द्रका समर्थक श्रद्देय लक्ष्मणबहादुर कर्माचार्यको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको बताउनुभएको छ ।
तानसेनका स्थानीय बासिन्दाको सक्रियतामा नेवारी संस्कृतिको जर्गेना गर्ने उद्देश्यले ‘योमरी महोत्सव’ गरिएको हो ।
लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्ति मार्गीलाई लुम्बिनी आउन तथा पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा गरिएको छ।
स्याङ्जामा रैथाने बाली जोगाउन बिउ बैङ्क (बिउ बिजन सङ्कलन तथा संरक्षण केन्द्र)को स्थापना गरिएको छ । पछिल्लो समय परम्परागत बाली लोप हुँदै जान थालेको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका-८ मा बिउ बैङ्कको स्थापना गरिएको हो ।
मकवानपुरको बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।
फोर्टिन स्टार युवा क्लबको आयोजनामा तम्घासको चिदिचौरमा जिल्ला स्तरीय माध्यमिक तह छात्र फुटबल प्रतियोगिता सुरु भएको हाे ।
तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताउनुभएको छ ।
भारतको देहेरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १६ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् । उत्तराखण्ड तेक्वान्दो एसोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एसोसिएसनको संयुक्त आयोजनामा सो प्रतियोगिता सञ्चालन गरिएको थियो ।
आज बिहान तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर टोल बस्ने २२ वर्षे कुन्दन मेहता खत्री र वडा –१२ सितलपुर टोलका २२ वर्षे अभिमनु कुसवाहा रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।