ललितपुर महानगरले घर घरमा पुगेर ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुको स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुले मुट, मिर्गौला र आँखाको परीक्षणको सुविधा पाउनेछन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उच्च शिक्षाका लागि भइरहेको युवाहरुको विदेश पलायन रोक्नेगरी प्राविधिक बिश्वविद्यालयलाई अघि बढ्न निर्देशन दिनुभएको छ ।
विपक्षी दलहरुको अवरोधका कारण अवरुद्ध बन्दैआएको बागमती प्रदेश सभाको बैठक आज सोमबारबाट सुचारु भएको छ । बागमती प्रदेशको गठबन्धन सरकारले विपक्षी दलका मागलाई बजेटमा सम्वोधन गर्ने प्रतिबद्धता जनाएपछि बैठक सुचारु गर्ने सहमति बनेको हो ।
वर्षासँगै गएको बाढीपहिरोका कारण गत असार ३ गतेदेखि अवरुद्ध बनेको सडक तथा मोटरेवल पुलको मर्मत कार्य सम्पन्न गरिएपछि आइतबारदेखि यातायात सुचारु भएको हो।
राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो ।
थवाङ रोल्पाका स्रष्टा टङ्कबहादुर झाँक्री मगरले प्रिय पत्रकार शीर्षकको कविताका हरेक वाक्यमा पत्रकारलाई लक्षित गरी सोधिएका वाक्यांशले बर्दघाट नगरपालिकाको सभाहलमा उपस्थित सबैको ध्यानकर्षण गराइरहेको थियो । कवि झाँक्री मगरले अगाडि वाचन गर्नुभयो ।
लहान-१० स्थित श्री जनता आधारभूत विद्यालयमा विधार्थीहरुको सङ्ख्या बढ्दै गएको छ ।
सत्ता गठबन्धनमा सहभागी प्रमुख दलका नेताको बैठक बालुवाटारमा सुरु भएको छ।
सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीमा खेत रोप्दै किसान ।
अस्पतालको लापबाहीले बिरामीको ज्यान गएको भन्दै रत्नहरी अस्पतालमा आइतबार लगाइएको ताला चार बुँदे सहमतिपछि खुलेको छ ।
मालिका गाउँपालिकाले प्याकेजिङ र ब्राण्डिङ गर्ने भएको छ । यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी विभिन्न किसिमका कार्यक्रमसमेत अगाडी बढाएको हो ।
वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् ।
साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अङ्क घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमबार पनि २१.३२ अङ्कले गिरावट आएको छ ।
प्रहरी निरीक्षक जोशीका अनुसार तातोपानी ४ कै हिक्मत गिरीसहित तीन जनाविरुद्ध जाहेरी परेपछि हिक्मतलाई पक्राउ गरिएको हो।हिक्मतले प्रहरीलाई प्रारम्भिक जानकारीमा गोठबाट आगो लगाएको स्वीकार गरेका छन्।
जिल्ला अस्पताल धादिङमा मात्रै पछिल्लो समय दैनिक तीन जनामा डेंगुको सङ्क्रमण भेटिएको अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिनुभयो ।