बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजना गरिएको नसर्ने रोगको स्वास्थ्य शिविरमा मधुमेह, उच्चरक्तचाप र मिर्गौला सम्बन्धी रोग शङ्का लागेका २०६ जनाले सेवा लिएका छन् ।
भारत-नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो ।
गुल्मीमा मङ्सिर १ गतेदेखि हराएका व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनः स्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो प्रतिबद्धता जनाउनुभएको हो ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबिच छलफल भएको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौँ उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताउनुभएको छ ।
पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरीकोटमा हुन लागेको बृहत् दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ। दोलखा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सवको पूर्व तयारी स्वरूप चरीकोट बजार रङ्गीचङ्गी बनाइएको हो।
पाल्पाको निस्दी –३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय बासिन्दाले जनाएका छन् ।
म्यानमारमा भएको निर्मम हिंसाबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीले छिमेकी देश बङ्गलादेशमा सुरक्षा पाउने आशा गरेका थिए, तर धेरैले भोकमरी, अपहरण र सामूहिक हिंसाबाट बच्न समुद्री जोखिमपूर्ण यात्रा गर्दै इन्डोनेशिया र मलेशियासम्मको यात्रा तय गर्ने गरेका छन् ।
बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवलले वीरगन्ज युनाइटेडलाई १–० गोलले हरायो ।
पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।