• १३ असोज २०८१, आइतबार

आगलागी हुँदा बालिकाको मृत्यु

blog

आगलागी भएर जलेको घर । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, पुस ७ गते । पाल्पाको निस्दी–३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय बासिन्दाले जनाएका छन् । 

शनिबार मध्यान्ह १२ बजेतिर खरले छाएको घरमा आगलागी भएको स्थानीय पुनाराम सुनारीले जानकारी दिनुभयो । स्थानीय श्यामबहादुर पल्लीको घर जलेर नष्ट भएको छ । मृतक बालिकासहित घरमा दुई छोरा रहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।