दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै १५ जना घाइते भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी मिडिया सरकारको मात्र नभई, आम नागरिकको भएको बताउनुभएको छ । सरकारका कुरा जनतासम्म र जनताको आवाज सरकारसमक्ष पुगाउने काम सरकारी सञ्चार माध्यमको भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न अपिल गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको छ ।
नेपालगन्ज बजार र त्यस आसपासका बजारका मासु पसलहरूमा खान अयोग्य मासु छ्यापछ्याप्ती पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायको सहभागितामा गरिएको मासु पसल अनुगमनका क्रममा त्यस्तो पाइएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीमा जङ्गली हात्तीले शनिबार बिहान घरमा क्षति गरेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । एम्बुलेन्स सेवा सञ्चालनमा चालक नहुँदा नगरका समुदायको सेवाका लागि नगर प्रमुख विष्णुकुमार भामले बिरामीको उद्धारका लागि स्वयं आफैँ चालकका रूपमा सक्रिय भई बिरामीको उद्धार गर्दै आउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेर्रेस कास्की आएको करिब दुई महिनापछि जलवायु सङ्कटका दुष्परिणाम हेर्न मलेसियाका वातावरण शिक्षकको टोली कास्की आएका छन् । महासचिव गुटेर्रेसले पुम्दीकोट र अन्नपूर्ण बेस क्याम्पबाट हिमाल, ताल र यहाँको वातावरण अवलोकन गर्नुभएको थियो । मलेसियान शिक्षकको टोली भने शुक्रबार सिक्लेस पुगेका हुन् ।
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहोर निस्कन्छ । यहाँ फोहोर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ । फोहोर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलन गर्ने व्यक्तिको योगदान छ
नेकपा (एमाले) का नेता नारायणप्रसाद आचार्य विधायक भए पनि कानुन निर्माणमा मात्र सीमित नभई जनताका विविध सरोकार, क्रियाकलाप र गतिविधिमा संलग्न हुनु पर्ने बाध्यता रहेको बताउनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपिल गर्नुभएको छ।
बाजुराको मार्तडी देखि कोल्टी सम्मको सडक निर्माण कार्यमा ढिलाइ भएको छ । जिम्मा लिएका दुई वटा ठेकेदार कम्पनीको लापरबाही कारण सो सडक निर्माण कार्यमा ढिलाइ भएको हो ।
ए रोक, रोक । किन दौडाएको ? रोक भनेको सुनेको छैन ? कानमा बडो कर्कश रूपमा परे
कथान्तरका नवजात चोटामा मनोगत अनुभूतिलाई थाहा भएकै कुरा हो,
चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट कालिका नगरपालिकाको खोले सिमल जाँदै गरेको कारको अगाडिको टायर पड्केर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो ।