शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो
असार २ गते राति आएको बाढीले पुल बगाएपछि आवागमन ठप्प भएको मेची राजमार्ग अन्तर्गत हेवाखोलामा आइतबार रातीदेखि यातायात र ढुवानीका साधन सुचारु भएका छन् ।
‘हलोविन’ पर्वको पूर्वसन्ध्या, अर्थात् सन् १९३८ अक्टोबर ३० को साँझ । अमेरिकीहरू ‘हलोविन’ पर्व सदाझैँ धूमधामसँग मनाउने तयारीमा थिए । उनीहरू स्वाभाविक किसिमले ‘फेस्टिभ मुड’ मा थिए ।
मुस्ताङको मुख्य बालीमध्येको एक स्याउको उत्पादन यस वर्ष निकै गिरावट आउने देखिएको छ । स्याउको बोटमा कम फल लागेपछि उत्पादनमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन् ।
बिक्री वितरण र वार्ता गर्न सक्ने योग्यता । आफूले जे सोचेको र अनुभव गरेको हो त्यो व्यक्त गर्ने योग्यता । चुप रहने, सुन्ने र अरूबाट सिक्ने योग्यता । अनरूप हुने, परिस्थिति अनुकूल हुने र बाधा पार गर्न सक्ने योग्यता । पढ्ने, बुझ्ने र स्मरण गर्न सक्ने योग्यता ।
केटी : वासन्ती बहार छर्न आउनू है ! खालि छ सिउँदो भर्न आउनू है !
शीत युद्ध कालमा जर्मनीलाई दुई क्षेत्रमा विभाजित गरिएको थियो : फेडरल रिपब्लिक अफ जर्मनी (पश्चिम जर्मनी) र जर्मन डेमोक्रेटिक रिपब्लिक (पूर्वी जर्मनी) । पश्चिम जर्मनी पश्चिमा देशहरूसँग सम्बद्ध र पूर्वी जर्मनी सोभियत सङ्घसँग सम्बद्ध थियो । कुनै बेला दुवै क्षेत्रको साझा राजधानी बर्लिनलाई पनि भाग लगाइयो । सन् १९६१ मा निर्माण गरिएको ‘बर्लिन वाल’ ले एकै सहर आधिकारिक रूपमा दुई देशको राजधानी बन्न पुगेको थियो ।
के भनी मलाई सताइरहन्छ, मनको कुनामा
दुनियाँमा शस्त्रास्त्रको होडबाजी बढ्दो छ । पहिलो विश्व युद्ध (सन् १९१४–१९१८) तथा दोस्रो विश्व युद्ध (सन् १९३९–१९४५) को विभीषिकाबाट पनि चेत खुलेको छैन । कोरियाली युद्ध, भियतनाम युद्ध, इरान–इराक युद्ध, सिरियाली युद्ध, अफगान युद्ध आदिको ऐतिहासिक सिलसिलामा केही समययता रुस–युक्रेन युद्धले दुनियाँ तताएको छ । तत्कालै युद्ध थामिने छेकछन्द पनि छैन, बरु उल्टै परमाणु हतियार प्रयोग हुने आशङ्काले चासो र चिन्ता बढाएको छ ।
असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिनुभयो ।
पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । । उहाँले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ ।
सुदूरपश्चिममा पहिलो पटक सरकारको अनुदानमा मोती उत्पादन सुरु गरिने भएको छ । डडेलधुरा जिल्लाको भित्री मधेश परशुराम नगरपालिका–४, कटालमा ८० प्रतिशत सरकार र २० प्रतिशत रकम निजी लगानीकर्ताबाट मोती उत्पादन सुरु हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको सम्भाव्यता अध्ययनपश्चात् कटालमा आवश्यक पूर्वाधार निर्माणको काम थालिएको छ ।
सहिद दशरथ चन्दको जन्मस्थान बस्कोट र बैतडी सदरमुकाममा १२१ औँ जन्मजयन्ती मनाइएको छ । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको आयोजनामा चन्दको जन्मघर बस्कोटस्थित सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बस्कोट र सदरमुकाम गढीस्थित सहिद चन्दको सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको बताउनुभयो ।