काठमाडौं, पुस ७ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको छ । इजरायलको आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको हो ।
गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः सुरु गर्न आवश्यक रहेको बताउनु भयो ।
करिव १९ लाख मानिस–गाजाको जनसङ्ख्याको ८५ प्रतिशत–आफ्नो घर छोड्न बाध्य भएका छन् । गुटेर्रेसले गाजामा तुरुन्तै सहायता पुर्याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गर्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल