कथान्तरका नवजात चोटामा
मनोगत अनुभूतिलाई थाहा भएकै कुरा हो,
‘लन’मा लमतन्न एकान्त
जागराम बस्दैन एक्लै
कहिले द्वयम, कहिले समूह समूह तुल्याएर
फुत्कन्छ, गजबारद«ोही पलङबाट
सुम्सुम्याउ“दै, सिरकको न्यानो बेचैनीबाट,
हेर्छ कि त, पल पलका दिलेरीहरूलाई
सोध्ने साहस, कदाचित सुरक्षित राखी
पुनर्विचारले, भग्न चेतनका खसमहरू, साक्षी राखी,
जे भनेर बाहिर फैलिएको थियो तुवा“लो
ऋतु विघटनले आरोपित सा“झको चौतारामाथि
सहसा बास बस्न आइपुगेको बटुवा दिल
किला ठोकेर झुन्ड्याइएको ओभरकोटभित्र
युगको पीडा छटपटी अवलोकन गर्न,
भुइँकहरभन्दा भिन्न तर
मानस गीत गाउने सुविघा छैन, कसैलाई,
वैजनी रङको प्रेम जे जति पट्याएर
देखिन्छ सुकिलो चिनो रुमाल
भनेको छैन जीवनको सम्भ्रान्त आरोहणले,
ईशवन्दनाद्वारा भरिएको स्वस्तिक मण्डलीमा
सधैँ एउटा शोकले आकुल
धराप जब थापिन्छ
जहा“ जुन वरियता
सूक्ष्म विरहको तरलतामा
स्खलनता परिणत
रातका ती, खण्ड खण्ड पहर हुन् ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                