बाजुराको मार्तडी देखि कोल्टी सम्मको सडक निर्माण कार्यमा ढिलाइ भएको छ । जिम्मा लिएका दुई वटा ठेकेदार कम्पनीको लापरबाही कारण सो सडक निर्माण कार्यमा ढिलाइ भएको हो ।
ए रोक, रोक । किन दौडाएको ? रोक भनेको सुनेको छैन ? कानमा बडो कर्कश रूपमा परे
कथान्तरका नवजात चोटामा मनोगत अनुभूतिलाई थाहा भएकै कुरा हो,
चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट कालिका नगरपालिकाको खोले सिमल जाँदै गरेको कारको अगाडिको टायर पड्केर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो ।
नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा भएको रकम हिनामिनाको विषयमा बाँके जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ । पुस ३ गतेदेखि जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासमा निरन्तर सुनुवाइ भइरहेको बाँके जिल्ला अदालतका प्रवक्ता हेमन्त भट्टराईले जानकारी दिनुभयो ।
नेपालगन्ज टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका बर्दियाका विद्यार्थी कर्णबहादुर बुढाक्षेत्रीले बनाएको मोबाइल एप ७० लाख रुपियाँमा बिक्री भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले जिल्लामा सडक स्तरोन्नति र मोटरेबल पुलका सात वटा ठुला योजना कार्यान्वयनका लागि अगाडि बढाउने भएको छ । उक्त सडक र पुलका योजना सम्पन्न भएपछि ग्रामीण भेगलाई सदरमुकाममा जोड्न उपयोगी हुने आशा गरिएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट प्राप्त बजेटमार्फत पाँच वटा सडकका योजना र दुई वटा पुल गरी सात वटा ठुला योजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
जाडो बढेसँगै पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा गैँडा पसेर बालीनाली नै खान थालेपछि स्थानीय त्रसित बनेका छन्। केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका गैँडाले गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रमा किसानले लगाएको मकै, गहुँ, तोरीलगायतका बालीमा नोक्सान परेको छ । गैँडाकोट नगरपालिका–६, का किसान प्रकाश भुसालले बाली खानेदेखि सबै भाँचिदिने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको बताउनुभयो ।
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो ।
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणघाटदेखि बुटवलसम्म एक हप्तामा ११५ किलोमिटर पैदल यात्रा गर्ने भएको छ । रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले नारायणघाट–बुटवल सडक खण्डको विस्तारको कामले गति नलिएपछि त्यसको अवलोकन गर्न र सम्बन्धित निकायलाई दबाब दिन पुस ९ देखि १५ गतेसम्म पैदल यात्रा गर्न लागिएको जानकारी दिनुभयो ।
कैलालीका केही स्थानीय तहमा लामो समयदेखिको सीमा विवाद अझै सुल्झिएको छैन । सामान्य विवाद अन्य पालिकामा भएता पनि कैलालीका दुई पहाडी गाउँपालिका चुरे र मोहन्यालको सीमा विवाद जटिल अवस्थामा छ । मोहन्याल गाउँपालिकाको छिमेकी गाउँपालिका तथा नगरपालिकाका रूपमा बर्दगोरिया, घोडाघोडी र लम्कीचुहा रहेका छन् । सीमासम्बन्धी सामान्य विवाद बर्दगोरिया र घोडाघोडी नगरपालिकासँग रहे पनि पछिल्लो समय लम्कीचुहा नगरपालिकासँग बढी नै विवाद चुलिएको छ । मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले मोहन्याल गाउँपालिका क्षेत्रभित्र हस्तक्षेप गर्दै ढुङ्गा, बालुवा, गिट्टी उठाउँदै आएको लम्कीचुहा नगरपालिकाले भौतिक संरचना निर्माणको कार्यसमेत गर्न थालेपछि विवाद चुलिएको बताउनुभयो ।
हुम्लाको दक्षिणी क्षेत्रका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । सलीसल्लामा निर्माण भएको बेलिब्रिज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभएसँगै ती गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका हुन् ।
सर्लाहीको लामबन्दी नगरपालिका–१२, जियाजोरमा सात वर्षदेखि रोकिएको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाको काम प्रहरीको सुरक्षामा अघि बढाइएको छ ।
वीरेन्द्रनगर सभागृह निर्माणको दोस्रो चरणको काम अलपत्र परेको छ । नक्कली कागजपत्र पेस गरेर ठेक्का हात पारेको निर्माण कम्पनीसँगको सम्झौता रद्द गरिएपछि बाँकी निर्माण कार्य अलपत्र परेको हो । मजदुर पिएस जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि २०७८ सालमा चार करोड रुपियाँको ठेक्का सम्झौता गरेको थियो । २०७९ साल असारसम्म निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको कम्पनीको कागजपत्र नक्कली भएको पाइएपछि उक्त ठेक्का रद्द गरिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० साल भदौमा ठेक्का तोडेको हो ।
लोक सेवा आयोगको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्षको पुस महिनाको अन्तिम बुधबार नायब सुब्बा र प्रत्येक वर्षको चैत महिनाको अन्तिम बुधबार खरिदार पदको कर्मचारीको विज्ञापन हुने गरेको छ । यो अवधि अगाडि नै सबै सरकारी कार्यालयले यी पदको दरबन्दी रहे नरहेको विवरण पठाइसक्नु पर्छ ।