• १६ वैशाख २०८१, आइतबार

ट्याक्सी ड्राइभर

blog

ए रोक, रोक । किन दौडाएको ? रोक भनेको सुनेको छैन ? 

कानमा बडो कर्कश रूपमा परेको यो आवाजलाई सुनेको नसुनै गरेरे दौडियो ट्याक्सी । एउटा हातमा पखेटा भाँचिएको कुखुरा झुन्डाउँदै दौडिरहेको थियो एक पुरुष । ट्याक्सीकै वेगमा कुँदेको हुनाले अगाडिबाट बाटो छेक्न सक्यो । वरपरका पसलबाट एक एक मान्छे फुत्त फुत्त निस्के पनि भीड बाक्लै भइहाल्यो । सबै घेरिए । के भयो किन रोकेको ट्याक्सीलाई ? किन भागेको यो ट्याक्सी ? सबैले एकै चोटि प्रश्न तेस्र्याए । हातमा कुखुरा बोकेको मानिसले भन्यो, “यसले मेरो कुखुरालाई हानेर भाग्यो ? यी कुखुरा घाइते भएको छ । यो भने यसरी भाग्ने ?” 

एउटा पसलेले भन्यो, “समात् यसको लाइसेन्स । यसको सबै कागजात खोसौँ ।” 

अर्कोले भन्यो, “भगुवालाई कठालामा समातेर बाहिर निकाल त ?” 

भीडलाई छिचोल्दै अगाडि आएर अर्कोले भन्यो, “यति जाबो कुखुराको विषयमा पनि के लफडा गरिरा ? मरेको पनि त छैन नि ? फेरि मरेकै भए पनि कुखुराको मासु खान मिलिहाल्छ । बेकार यो जाम हुने गरी के गलफती गरेका काम नपाएकाहरू ? 

कुखुरा धनी बोल्यो, “ओइ, बिचमा आएर नकरा । तेरो कुखुरालाई हानेको भए थाहा पाउँथिस् । यो मैले मासु खान पालेको कुखुरा हो र ? यहाँ कुखुरा मर्न लागिसक्यो तेरा आँखा छैन ? तेरो बेकारको वकपास उता गएर गर् । यहाँ नसिका बडाद्मी बनेर ।” 

अर्को ­­फ्याट्ट बोल्यो, “ठिकै त हो नि । जाबो कुखुरालाई हानेको रहेछ । म त मान्छेलाई नै हानेको हो कि भनेको त ?”

भीडको आवाजलाई चिर्दै एउटा दाह्रीवाल करायो, “कहाँ हिँडेको मान्छे । ढिला भइसक्यो । यो कुखुरेको जामले वित्यास पारिहाल्यो नि । साइड लगा ट्याक्सी । ओ ड्राइभर ।”

एउटी महिला भीडमा च्यापिएको पछ्यौरालाई तान्दै अगाडि आइपुगी, “यो मेरो पेवा कुखुराको पोथी । कति धेरै अण्डा पाथ्र्यो । कति धेरै चल्लाचल्ली हुर्कायो । यसैले मेरो नाक, कान, घाँटी सबै सुनाम्मै बनाइदिएको । हे भगवान् । यो पापीले के ग­-यो नि ?”

उसको विलाप सकिन नभ्याउँदै अर्को तन्नेरी करायो, “यो केको नाटक हो सडकमा ? मेरो बाइक छिर्ने बाटो पनि नराखी के भीड हो ? म कहाँ हिँडेको थाहा छ तिमीहरूलाई ? फुर्सदिलाहरू साइड लागेर बाझ न । बिच सडकमा के गरेको ? म ट­­«ाफिक पुलिसलाई बोलाइदिन्छु अब ।” 

ट्याक्सी ड­«ाइभरको कानमा यो कुरा परेपछि भने ऊ डरायो । ट्याक्सीलाई साइडमा लगाउनका लागि सङ्केत गर्दै उसले भन्यो, “ए दाइ, यी मान्छेहरूलाई हटाइदिनुहोस् त म ट्याक्सी ऊ पर कुनामा पार्किङ गर्छु ।” 

अर्को बोल्यो, “पर्दैन, पर्दैन । यसलाई अगाडि ठाउँ दिनुहुन्न । यो भागिहाल्छ नि । यसको चाबी पनि खोस्नु पर्छ ।” 

एक जना वृद्ध अगाडि देखापरे । उनले त्यो कड्केको मानिसलाई सम्झाउँदै भने, “ए भाइ, अब कागजपत्र सबै समातेकै छौ । ऊ किन भाग्छ र ? मानवता भएकै मान्छे होला नि ऊ पनि । किन रडाको मच्चाउने ? समस्याको समाधानमा पो जानुपर्छ ।” 

वृद्धका कुरामा केही पत्यार मानेर होला । मानिसहरू पछाडि हटे । ट्याक्सी साइडमा लगेर रोक्यो । भीड पातलियो । सबै आआफ्नो गन्तव्यतिर लागे मानौँ सबैको कामको मेसो र योजनाहरू छरपस्टै भएकाले छिटो पुगेर मिलाउनुपर्ने छ ।

कुखुरा मालिक अगाडि सरेर ट्याक्सी ड­­«ाइभरको कठालो समाप्दै बोल्यो, “छिटो निस्की । यसको हिसाबकिताब नगरी तँ उम्किन पाउँदैनस् ।” 

अर्को युवाले भन्यो, “कुखुरा मरेको भए पो हिसाबकिताब त । ऊ जिउँदै छ । के चोट लागे नलागेको छाडिदिए पो थाहा हुन्छ त ? बोकेर के थाहा ?” 

पसलेले भन्यो, “यत्रो ट्याक्सीले ठक्कर दिँदा पनि चोट लाग्दैन त ?”

अर्को बटुवा आइपुग्यो र सोध्यो, “के भयो ? किन झगडा गरेको ? के भयो ? आफूआफू कराउनुभन्दा पुलिस डाके त छिनोफानो भइहाल्छ नि । खास भएको चाहिँ के हो ?” 

कुखुरा साहुनीले भनी, “मेरो सत्यनाश भयो ।” 

ऊ अझै उत्सुक हुँदै सोध्यो, “भयो चाहिँ के ? बाइकलाई हानेको हो ? घाइते खै त ? हस्पिटल लगिसक्या हो ? पहिला घाइतेलाई उपचार गराउनु पर्छ । अनि बल्ल पुलिस केस गरे हुन्छ । को गयो हस्पिटलमा ?”

कुखुरा धनीले भन्यो, “कोही गा’छैन हस्पिटल । छिटो लैजाऊँ लैजाऊँ । केमा लाने ?” 

बटुवाले भन्यो, “म एम्बुलेन्स बोलाइदिऊँ त ? ड्राइभरलाई नि चोट लागेको छ ? बाइकवाला गए ? खै त बाइक ? के भएर यस्तो भयो ? कसको गल्ती छ ?”

अगिकै पसलेले भन्यो, “केको एम्बुलेन्स । केको घाइते ? मान्छे हानेको हो र ? कस्तो कुरै नबुझी बोलेको ? कुखुरालाई हानेको । ट्याक्सी सडकमा गुडिरहेको थियो । पसलको छेऊमा चरिरहेको कुखुरा एउटा कुकुरले आफूलाई झम्टन लागेको थाहा पाएपछि एक्कासि उड्यो सडकतिर । अनि ट्याक्सीमा ठोक्किन पुगेको हो । कुखुरा भुइँमा लड्यो । ट्याक्सी नदेखे झैँ गरेर अगाडि गयो । मैले पसलबाट देखिराखेको थिएँ । यही भएको हो । के मान्छे ? के घाइते ? के एम्बुलेन्स ? के हो यो सब ?” 

यसपछि बल्ल त्यो बटुवाले मात्रै होइन धेरैले कुरा बुझे । ट्याक्सी ड­«ाइभर रातो र पिरो भएर चिटचिट पसिना बगाइरहेको थियो । उसले घरपरिवार, साथीभाइ, ट्याक्सी साहुको ऋण, अस्ति मात्रै घटेको घटना सबै एकै पटक सम्झियो । अनि फनफन आँखा घुमाउँदै उभिएकै ठाउँमा लड्यो । अब कुखुराको उपचारभन्दा ड्राइभरको उपचारमा सबैको ध्यान गयो । एकैछिनमा उठ्ला भन्ने ठानेर कसैले हम्के । कसैले पानी छर्के । कसैले खुट्टा मालिस गरे । कसैले मोजा सुँघाउन पनि भ्याए । तर ऊ ब्युँझेन । हतारहतार एम्बुलेन्स बोलाएर हस्पिटल पु-याए । हस्पिटलमा इमर्जेन्सीमा भर्ना गरे । डाक्टरले आइसियुमा राख्न सिफारिस गरे । आइसियुबाट ऊ जीवित फर्केपछि कुखुराको हिसाबकिताब गरौँला भन्ने सोच गरेको कुखुरा साहुले नै सबै खर्च ग¥यो । अरू कसले पैसा हाल्नु र ? उपचारमा खर्च भएको बिलहरूलाई व्यवस्थित रूपमा राख्न सल्लाह दिने धेरै भए । हप्ता दिनको उपचारबाट पनि ट्याक्सी ड्राइभरको होस आएन बरु सदाका लागि गुम्यो । 

धेरै दिनसम्म ट्याक्सी नआएपछि ट्याक्सी साहुले आफ्नो ट्याक्सीको खोजी गर्न पुलिसमा उजुरी दियो । उता ड­«ाइभरका परिवार पनि ऊ घर नआएकाले आत्तिँदै फोन गरे । फोन अफ थियो । साथीभाइ, आफन्त, साहु सबैतिर बुझे । कतै आएको छ भन्ने पत्तो नपाएपछि प्रहरीकै शरणमा परे । हस्पिटलमा कुरेर बसेको कुखुरा साहुले ड्राइभरका आफन्तलाई कन्ट्याक गर्न नखोजेको त होइन । तर मोबाइल कहाँ छ भन्ने पत्तो पाएन । न बिरामीको साथमा थियो न त ट्याक्सीमा नै । ब्लुबुक र लाइसेन्स पनि त्यो भीडमा कसले पो समातेको थियो उसको हातमै परेन । मोबाइल पनि कसले उछिट्याइसक्यो कुन्नि ? अरू सम्पर्क पत्ता लगाउन सकेन । 

अन्त्यमा प्रहरीले ट्याक्सी भेट्यो । घटनाका बारेमा सोधपुछ ग­-यो । पसलेले सबै बेलिबिस्तार लगाएर भनिदियो । हस्पिटल पनि पु­¥याइदियो । हस्पिटलमा घटिसकेको घटना पसलेलाई थाहा थिएन । त्यसैले उपचार भइरहेको बताएको थियो । ट्याक्सी साहु, ड्राइभरका आफन्त, प्रहरी, कुखुराकी साहुनीसमेत हस्पिटलतिर लागे । 

ट्याक्सी साहुले ड्राइभरले आफूलाई पटक पटक डुबाएकोमा मनमनै गाली ग¥यो । अस्ति भर्खर मोटरसाइकललाई ठक्कर दिएर मोटरसाइकल बनाउनुपर्दा तिस हजार उडाइदियो । पहिल्यै एउटा बालकलाई खुट्टामा हानेर घाइते बनाइदिएको अझै बेलाबेला उपचार गरिदिनु पर्छ । कहिलेसम्म गरिदिनुपर्ने हो थाहा छैन । घरमा खर्च पुगेन भनेर उल्टो ऋणसापटी दिएको छु । कहिले तिर्ने हो थाहा छैन । ट्याक्सी त कति मर्मत गर्नुप-यो कति ? बेकार यसलाई चलाउन दिएको । पैसा कमाएर देखा भनेको पैसा त के कहिल्यै शान्ति मिलेको छैन । अब यो कुखुराको लफडा प-यो । हस्पिटलको खर्च के कति लाग्ने हो सबै मलाई त तिर्न लाउँछन् नि । 

ड्राइभरकी स्वास्नीले सोची, “मेरो लोग्नेलाई यो ट्याक्सी फापेकै छैन । मैले सानोतिनो नाङ्ले पसल गरेकै थिएँ । उनलाई पनि मकै बेचेरै बसौँला ट्याक्सी नचलाऊ भनेकै त हो नि । मानेनन् । ट्याक्सी भएपछि कहिलेकाहीँ तँ नि घुम्न पाउलिस् नि त भनेर साहुकोमा हत्ते गरेर ट्याक्सी मागे । कति लफडा भइसक्यो यो ट्याक्सी चलाएदेखि । नजानेका भनौँ भने यतिका वर्ष चलाइसकँे । ट्याक्सीको मालिक बन्ने सपना बुनेका यी बुढाले यो पेसा कहाँ छाड्न सक्छन् र ? 

यिनैलाई कति आपत् आउँदो हो ? अबदेखि त म यो ट्याक्सीको ट उच्चारण गर्न पनि दिन्न । मानेनन् भने म तिमीलाई छाडिदिन्छु भन्छु । यिनको कमजोरी भनेकै यही हो । उनी मैले छोडेर हिँड्छे कि भनी डराउँछन् । यसपालि यही हतियारले काम गर्छ । उनलाई केही नहोस् । कमाएर बरु मै पाल्छु । उनको ग्रह राम्रो छैन यसपालि ।”

कुखुराकी साहुनीले सोची, “मलाई कत्रो दशा लागेको रहेछ यो वर्ष ? उता घरमा भाडामा बस्ने पनि भाडै नतिरी आधा रातमा फरार भयो । उता घरमा चोरी लाग्यो । अलि अलि पैसा जोहो गरेकी थिएँ खर्पनमा सागपात बेचेर । त्यो पनि लगिदियो । बुढा भने कमाउने कहिल्यै होइन । भएको उडाउन पाए खुसी । छोराछोरीको भविष्य पनि नसोची रक्सीमा चुलुम्र्म डुब्न पाए पुग्यो । उता बच्चाबच्चीको फिस तिर्न मलाई धौ धौ हुन्छ । यही कुखुराले कति गर्जो टरेको थियो । यतिका वर्ष भइसक्यो आमाको पेवा कुखुराको चल्ला मलाई पठाउनुभएको हो । मेरो र आमाको समस्याको गाँठो फुकाउने उस्तै पेवा । यही कुखुराले फैलाएको शाखासन्तानले मलाई दुःखजिलो गर्न पुगेको । न केही लगानी गर्नुपर्ने न केही दुःख । सजिलै आम्दानी भएको देख्न नसकेर दैव लाग्यो । अब बाँच्दैन होला पोथी पनि । खुट्टा नै राम्ररी टेक्दैन । केही खाँदा पनि खाँदैन । कस्तो दशा लागेको रहेछ यस पालि मलाई ?” 

ड­«ाइभरका अन्य आफन्त भने समस्या प-यो भनेर आत्तिन हुँदैन भन्दै ड्राइभरकी श्रीमतीलाई सम्झाइरहेका थिए । मान्छेको जीवनै समस्या नै समस्याको जालो त हो । यसलाई फोड्न सके सुख पाइयो । होइन भने त्यही जालोको भुमरीमा नै अल्झेर जीवन सकिन्छ । भोग्नलाई हो जीवन । जसरी पनि भोग्यो सकायो । के रहेछ र कसले पाउने ? यस्ता दार्शनिक चिन्तन मनन गर्दै हस्पिटल गइरहेका आफन्तको आँखा अर्को दुर्घटनामा प­-यो । यो सडकमा दुर्घटना कति बढेको आजभोलि भन्दै थिए प्रहरी । गाडी रोकिएपछि सबैले गौर गरेर हेरे । आँखै अगाडि मोटरसाइकल चालकको शिर र शरीर छुट्टिएको दृश्य परेपछि अवाक् बने । मोटरसाइकललाई हान्ने माइक्रोलाई तिनै प्रहरीले कब्जामा लिएर राखे । ट्याक्सी ड्राइभरलाई लगेकै हस्पिटलमा पोस्टमार्टमका लागि शव लगियो । अन्य छानबिनका काम भने केके भयो पत्तो पाएनन् । सबै हस्पिटलतिरै लागे तर प्रहरी पछि आउने सङ्केत गर्दै त्यहीँ अलमलियो । 

अस्पतालमा पुगेपछि जे नसोचेको त्यही दृश्य देखे सबैले । रुवावासी सुरुभयो । अघि देखेको दुर्घटनाको दृश्यले भावुक बनेर मृतकका आफन्तप्रति समवेदना दिइरहेको मन तत्क्षण शोकाकुल बन्यो । ड­«ाइभरकी श्रीमती टाउकोमा ठोक्दै आफ्नो भाग्य धिक्कार्दै डाँको छोडेर रोई । आफन्तहरूले पनि उसका पीडालाई आँसुमा बग्नबाट रोक लगाएनन् । 

आफ्नो कुखुराको हिसाबकिताबभन्दा जीवनकै मूल्य ठुलो हो भन्ने बोध कुखुराकी साहुनीलाई भइसकेको थियो । कम्तीमा आफ्नो साथमा कामै नलाग्ने भए पनि श्रीमान् त छन् । कुखुरा पनि त कहाँ मरिसकेको छ र ? उपचार गरे लागिहाल्ला नि भन्ने सोच्दै अस्पतालमा लागेको सबै खर्च हामी नै तिरिदिऊँ है बुढा । केही कुरा ननिकाल्नु अब कसैसँग पनि दुर्घटनाबारे भनेर सम्झाउन थाली । ट्याक्सी साहु कमाइ राम्रो दिन नसके पनि इमानदार थियो यो ड्राइभर भन्दै रुन थाल्यो । हस्पिटलमा यो दृश्य देख्ने सबैका आँखा रसाए । पुलिस आएपछि सबैले ट्याक्सी ड्राइभरको इहलीलासँगै दुर्घटनाको केस सकिएकाले थप केही नसोध्न आग्रह गरे । ट्याक्सी ड्राइभरका कुनै दिन आफैँ ट्याक्सी साहु बन्ने सपना पनि कुखुरालाई दिएको ठक्करसँगै अनन्त आकाशमा बिलाए । 

बुढानीलकण्ठ, काठमाडौँ ।