कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषि सहयोग विज्ञ समूहको बैठक नेपालमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न सो बैठकमा बिम्स्टेकका सदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलङ्का र थाइल्यान्डका प्रतिनिधि तथा बिम्स्टेक सचिवालयका प्रतिनिधिसहित ६३ जनाको सहभागिता रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिनुभयो । बिम्स्टेकको कृषि क्षेत्र समन्वय सबलीकरणका लागि तयार गरि
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको छैटौँ वार्षिक साधारण सभाले चुक्तापुँजीको १५ प्रतिशतका दरले २६ करोड नौ लाख १६ हजार रुपियाँ नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सरकारसँग कबुलियत गरेभन्दा बढी चुनढुङ्गा निकालेका उद्योगीलाई उन्मुक्ति दिने सरकारी अधिकारीलाई सफाइ दिने गरी विशेष अदालतबाट भएको फैसलाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहमति जनाएको छ । आयोगले गत २०७८ माघ १२ गते उनीहरूविरुद्ध एक अर्ब २६ करोड १९ लाख रुपियाँ राज्यकोषमा नोक्सान पारेको दाबीसहित भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुङ्गा निकालेका सिमेन्ट उद्योगसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएकाहरूलाई विशेष अदालतले गत चैत ३ गते सफाइ दिएको थियो । विशेष अदालतको उक्त फैसलाप्रति असहमति जनाउँदै आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो । राज्यकोषमा ठुलो रकम नोक्सानी हुँदा र उनीहरू त्यसको निर्णय प्रक्रियामा सहभागी हुँदासमेत विशेष अदालतले सफाइ दिने भनी गरेको निर्णय त्रुटिपूर्ण भएको आयोगको दाबी छ ।
काठमाडौँ महानगरपालिकाभित्रका शिक्षालयमा अनुशासन इन्चार्ज (डिआई) राख्न नपाइने भएको छ । महानगरपालिकाको शिक्षा विभागले शुक्रबार निर्णय गरेर कार्यान्वयनका लागि सबै सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । पछिल्लो समय सामुदायिक तथा निजी विद्यालय व्यवस्थापनले विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा अनुशासन इन्चार्ज राख्ने गरेका छन् । यस्ता व्यक्तिले विद्यार्थीलाई अनावश्यक यातना दिने, भय सिर्जना गर्ने तथा मानसिक र शारीरिक सजायसमेत दिने गरेका छन् । विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने नाममा दिइने यस्तो यातनाले उल्टै उनीहरूको सिकाइस्तरसमेत घट्ने गरेको अभिभावकको गुनासो छ । महानगरपालिकाले भयरहित वातावरणमा विद्यार्थीमैत्री सिकाइ सुनिश्चित गराउनसमेत सबै विद्यालयलाई अनुरोध गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल आज शनिवार विराटनगर आउदै हुनुहुन्छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मुआब्जालगायतका विवादले केही समय सुस्ताएको पूर्वपश्चिम ब्रोडगेज रेल मार्गको कामले गति लिएको छ । विवाद समाधानपछि बर्दीबासमा अहिले दुई चरणको रेल मार्ग निर्माणाधीन छन् । बर्दीबास–निजगढ ७० किमी र बिजलपुरा बर्दीबास १७ किमी रेल मार्गको काम दु्रत गतिमा भइरहेको छ । बर्दीबास–निजगढ खण्डका इन्जिनियर सुरेश साहका अनुसार यो खण्डमा अहिले बर्दीबासदेखि रौतहटको सन्तपुरसम्म धमाधम काम भइरहेको छ ।
लामो समयदेखि निर्वाचन हुन नसकेको तानसेन खानेपानी उपभोक्ता समितिको पुस १४ गते निर्वाचन हुने भएको छ । तानसेनमा खानेपानीको व्यवस्थापन गर्न समिति बनाउन निर्वाचन गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत दुर्गावहादुर थापाले जानकारी दिनुभयो ।
चितवनको कालिका नगरपालिका-१० तीनदोभानमा चराउन राखिएका मौरीका घार । अहिले चिउरी फूल्ने मौसम भएका कारण किसानले मौरी चराउन यस क्षेत्रमा लैजाने गरेका छन्।
पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न गरिने बताउनुभएको छ।
निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’ को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
कैलालीको धनगढीमा बन्ने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।