• १५ मंसिर २०८१, शनिबार

खानेपानी उपभोक्ता समितिको निर्वाचन तय

blog

बिन्दु थापा 

पाल्पा पुस ६ गते । लामो समयदेखि निर्वाचन हुन नसकेको तानसेन खानेपानी उपभोक्ता समितिको पुस १४ गते निर्वाचन हुने भएको छ । तानसेनमा खानेपानीको व्यवस्थापन गर्न समिति बनाउन निर्वाचन गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत दुर्गावहादुर थापाले जानकारी दिनुभयो   

तानसेन नगरपालिका परिसरमा हुने मतदानमा मतदाताले खानेपानी महसुल कार्ड र परिचय खुल्ने नागरिकता वा नागरिकता नम्बर उल्लेख भएको कार्ड अनिवार्य लिएर आउनुपर्ने बताइएको छ । मतदान गर्नेको संयूक्त खानेपानी धारा हुनेले एक जनाले मात्र मतदान गर्न पाउने थापाले बताउनुभयो । 

चार वर्षदेखि अवैध रूपमा सञ्चालित तानसेन खानेपानी उपभोक्ता समिति खारेज गरी २०८० असार १९ गते तानसेन नगरपालिकाले तदर्थ समिति बनाएको थियो । तदर्थ समितिको गठन भएसँंगै तानसेनमा खानेपानी समस्या समाधान हुँदैगएकोले तानसेन नगरबासी खुशी व्यक्त गरेका छन् ।