हुम्लाको दक्षिणी क्षेत्रका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । सलीसल्लामा निर्माण भएको बेलिब्रिज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभएसँगै ती गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका हुन् ।
सर्लाहीको लामबन्दी नगरपालिका–१२, जियाजोरमा सात वर्षदेखि रोकिएको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाको काम प्रहरीको सुरक्षामा अघि बढाइएको छ ।
वीरेन्द्रनगर सभागृह निर्माणको दोस्रो चरणको काम अलपत्र परेको छ । नक्कली कागजपत्र पेस गरेर ठेक्का हात पारेको निर्माण कम्पनीसँगको सम्झौता रद्द गरिएपछि बाँकी निर्माण कार्य अलपत्र परेको हो । मजदुर पिएस जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि २०७८ सालमा चार करोड रुपियाँको ठेक्का सम्झौता गरेको थियो । २०७९ साल असारसम्म निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको कम्पनीको कागजपत्र नक्कली भएको पाइएपछि उक्त ठेक्का रद्द गरिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० साल भदौमा ठेक्का तोडेको हो ।
लोक सेवा आयोगको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्षको पुस महिनाको अन्तिम बुधबार नायब सुब्बा र प्रत्येक वर्षको चैत महिनाको अन्तिम बुधबार खरिदार पदको कर्मचारीको विज्ञापन हुने गरेको छ । यो अवधि अगाडि नै सबै सरकारी कार्यालयले यी पदको दरबन्दी रहे नरहेको विवरण पठाइसक्नु पर्छ ।
भौतिक सुविधाको चरमचुलीमा पुगे पनि मानिसमा खुसीको अनुभूति हुन सकेको छैन । धन, सम्पत्ति, मान, सम्मान सबै छ तर खुसी छैन । आज मानिस वास्तविक सुख र खुसीको खोजीमा भौँतारिइरहेको छ । भौतिकता एउटा चरणसम्मका लागि खुसी र सुखको स्रोत बन्यो । तर जीवनपर्यन्त वा लामो समयसम्म यसले मानिसलाई खुसी दिन सकेन । भौतिक सुख र सुविधाको उत्कर्षमा पुगेको आजको समाज यही सुविधाले छिन्नभिन्न भएर एउटै घरभित्रका मानिसमा आत्मीय र भावनात्मक सम्बन्ध स्थापित हुन सकेन । प्रविधिले मानिसलाई केही हदसम्म सुविधा दियो तर सबै खुसी खोसेर लगेको निष्कर्ष मानवशास्त्री तथा समाजशास्त्रीहरूको तर्क रहेको छ । खुसी के मा छ त– पूर्वीय संस्कार र संस्कृतिमा मानिस आफू
रुख टुप्पो ! आकाशमा अग्लिन्छ अग्लिएर फैलिन्छ
टिप्न मन लाग्छ, जूनतारा टिप्न मन लाग्छ सधैँ, चन्द्र सूर्य फूलहरू चुम्न मन लाग्छ सधैँ, हिमालका शिरहरू गाउँछन गीत कोइली, मनका ती व्यथाहरू
केशवप्रसाद बडाल नेपालको कम्युनिस्ट आन्दोलनका पुराना पुस्ताका नेतामध्ये स्थापित हुनुहुन्छ भन्ने त थाहा भएकै कुरा हो तर आफू संलग्न आन्दोलन, पार्टी, कमिटी र बैठकका बारेमा उहाँ संवेदनशील हुनु हुँदोरहेछ भन्ने चाहिँ ‘सिंहावलोकन’ (नेपाल कम्युनिस्ट पार्टीको जन्मदेखि दसौँ महाधिवेशनसम्म) पुस्तक पढेपछि मात्र खुल्छ । नेपाल कम्युनिस्ट पार्टीको पहिलोदेखि दसौँ महाधिवेशनसम्म केन्द्रित रहेर लेखिएको पुस्तकमा अविभाजित कालका तीन वटाबाहेक चौथो महाधिवेशन (२०४६) देखि प्रत्यक्ष संलग्न बडालले तिथिमिति, स्थान, पात्र र घटनाक्रमलाई सिलसिलेवार रूपमा पस्किनुभएको छ, जसबाट इच्छुक पाठक स्वयम्लाई त्यसमा सहभागी भए जस्तो अनुभूति हुन्छ ।
“मेरो निबन्धको विषय वस्तु म आफैँ हुँ” भन्ने मोन्तेनको महावाक्य सुनेपछि मनमा लामै समयदेखि छड्किरहेको भावना, सल्याङबल्याङ गरिरहेको उकुसमुकुस र पन्पी रहेको मनका तरङ्गले केही आकार लिन खोजिरहेको भान हुन्थ्यो । सहर चलायमान बनेको एकातिर थियो भने दिउँसमास हेटौँडा बजारको मूलचोकको फुटपाथमै तमासे बनेको हाम्रो बसाइँ हिँडेको झिटी अर्थात् काठको गह्रुङ्गो र भारी लाग्ने सन्दुक, मानी हल्लिने र हातो फुस्किएको घट्टे ढुङ्गाले चिनेको जाँतो, बुनोट खुकुलिएको मान्द्रो र चलनचल्तीको गलैँचाभन्दा ठुलो पराले सुकुलले बनाइरहेको नोस्टाल्जियामा यो उक्ति यसरी खेल्न थाल्यो कि ४०/४५ वर्षअघिको बसाइँ हिँडेको थातथलोको सबै कुरा मस्तिष्कभरि फनफनी रिङ्न थाल्यो ।
सजीव होस् वा सृष्टिको उद्भव, अस्तित्वको बहसमा मातृत्व छुट्दैन । पूर्वीय दर्शन हुन् वा पश्चिमी सभ्यता, आदिवासीका मिथक हुन् कि आधुनिक दर्शनशास्त्र, आमाको भूमिकाबिना पूरा हुन सक्दैनन् । यही सत्य हृदयङ्गम गरी विख्यात साहित्यकार रुडयाड किप्लिङले लेख्नुभएको छ, “भगवान् सबैतिर पुग्न सक्दैनन्, त्यसैले भगवान्ले आमाको सृष्टि गरे ।” अधिकतर महिला आफैँ सन्तान जन्माएर हुर्काउँछन्, भविष्य सन्तानकै लागि समर्पित गर्छन् । केही बिरलै आमा छन्, जो आफ्ना सुख, सुविधा र जीवनको पर्वाह गर्दैनन्, असहाय बालबालिकालाई मातृत्व दिन्छन्, भविष्य निर्माण गरिदिन्छन् । यस्तै बिरलै र नमुना आमा हुनुहुन्छः कमला पराजुली ।
बेलायत युरोपको उत्तर–पश्चिम भागमा अवस्थित छ । यो चारैतर्फ एटलान्टिक माहासागरले घेरिएको चिसो टापु हो । यो ठुलो समुद्री चट्टानमा रहेकाले यहाँ प्रायः ठुलो भूकम्प आउँदैन । भूकम्प आइहाले पनि कमजोर संरचनाका घरमा समेत खासै क्षति हुँदैन । बेलायतमा सयभन्दा धेरै सहर छन् । यो देशमा ६७ करोड ३३ लाख मानिस बसोबास गर्छन् । इङ्ग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डसमेत चार राज्य मिलेर संयुक्त अधिराज्य बनेको हो । बेलायतको राजधानी लन्डनमा मा
ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने ह्वात्तै बढेका छन् । ताप्लेजुङ जिल्ला अदालतको तथ्याङ्कअनुसार पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो ।
पृथ्वीको सतहमा दुई किसिमका घटना हुन्छन् । पहिलो प्रकृतिजन्य घटना र दोस्रो मानवजन्य घटना । प्रकृतिजन्य घटनाभित्र ज्वालामुखी, भूकम्प, बाढी, पहिरो, सुक्खा, चक्रवात, हिमपात, शीतलहर आदि पर्छन् । मानवजन्य घटनाभित्र अपहरण, युद्ध, दङ्गा, आतङ्कवाद, विषाक्त रसायन, जनसङ्ख्या विस्फोटन आदि पर्छन् । यी प्रकोपमध्ये यस लेखमा भूकम्पबारे चर्चा गरिन्छ । भूकम्प प्रकृतिजन्य घटनाभित्र परे पनि मानवजन्यमा पनि पर्छ किनभने भूकम्पले मात्र मानिसको ज्यान नलि
प्रतिनिधि सभा सदस्य सोभिता गौतमले २०८० मङ्सिर २७ गते सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिलाई एउटा पत्र लेख्नुभयो । संविधान जारी भएको आठ वर्ष भइसक्दा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विवाह, सम्बन्ध विच्छेद, सम्पत्ति तथा बच्चासम्बन्धी अधिकारलगायत ऐन तथा कानुन निर्माण हुन नसकेको भन्दै पत्रमार्फत कानुन निर्माणका लागि छलफलको माग गर्नुभयो । पछिल्लो समय सार्वजनिक रूपमा गौतमले उठाउनुभएको यस्तो आवाजले नेपाल उक्त समुदायप्रति जिम्मेवार बन्नु पर्छ भन्ने सन्देश प्रवाह गरेको प्रस्ट हुन्छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने साना दलका जनप्रतिनिधिले
हकप्रदमा शेयर नबिकेपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर पुस १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ ।