मुआब्जालगायतका विवादले केही समय सुस्ताएको पूर्वपश्चिम ब्रोडगेज रेल मार्गको कामले गति लिएको छ । विवाद समाधानपछि बर्दीबासमा अहिले दुई चरणको रेल मार्ग निर्माणाधीन छन् । बर्दीबास–निजगढ ७० किमी र बिजलपुरा बर्दीबास १७ किमी रेल मार्गको काम दु्रत गतिमा भइरहेको छ । बर्दीबास–निजगढ खण्डका इन्जिनियर सुरेश साहका अनुसार यो खण्डमा अहिले बर्दीबासदेखि रौतहटको सन्तपुरसम्म धमाधम काम भइरहेको छ ।
लामो समयदेखि निर्वाचन हुन नसकेको तानसेन खानेपानी उपभोक्ता समितिको पुस १४ गते निर्वाचन हुने भएको छ । तानसेनमा खानेपानीको व्यवस्थापन गर्न समिति बनाउन निर्वाचन गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत दुर्गावहादुर थापाले जानकारी दिनुभयो ।
चितवनको कालिका नगरपालिका-१० तीनदोभानमा चराउन राखिएका मौरीका घार । अहिले चिउरी फूल्ने मौसम भएका कारण किसानले मौरी चराउन यस क्षेत्रमा लैजाने गरेका छन्।
पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न गरिने बताउनुभएको छ।
निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’ को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
कैलालीको धनगढीमा बन्ने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको यात्रा उज्यालोतर्फ उन्मुख भइरहेको बताउनुभएको छ ।
दैनिक रुपमा बालबालिकामा लागूऔषधको लत बढ्न थालेको देखिएको छ । ज्योतिर्मय सामाजिक अभियान इलामले आयोजना गरेको लागूपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले कम्तिमा १२ वर्षकै उमेरदेखि चुरोट, खैनी र गाँजाको लत बसेको पाइएको बताएका छन् ।
सशस्त्र आन्दोलन छाडेर शान्ति प्रक्रियामा माओवादी आएको दुई दशक वित्दा समेत प्रमुुख राजनीतिक दलको विवादका कारण संक्रमणकालीन न्याय व्यवस्थापनलाई अहिलेसम्म टुगो लगाउन सकेको छैन । जसलेगर्दा द्वन्द्व प्रभावितको अवस्था जटिल बन्दैगएको छ ।
पुराना मुद्दालाई जतिसक्दो छिटो फछर्योट गर्ने सर्वोच्च अदालतको योजनाअनुसार विशेष अदालत काठमाडौँले मुद्दाको फछर्योटलाई तीव्रता दिएको छ । विशेष अदालतमा दुई वर्ष नाघेका मुद्दा ७० थान रहेका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । धनगढीमा आज आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा चार लाख ५७ हजार सात ५६ किसान परिवारले एक लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गरेको जानकारी दिइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्र विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताउनुभएको छ । नेपाल बिज्ञापन सङ्घ (आन) को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पारदर्शी बिज्ञापन बजारले बिज्ञापनदाता, मिडिया र व्यवसायीको हित गर्ने बताउनुभयो ।
कास्कीको मादी गाउँपालिकाले गुरुङ जातिले मनाउने तमु ल्होसारको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको छ ।
स्याङ्जाको विरुवा गाउँपालिका –२ का चन्द्रबहादुर राना मृत अवस्थामा फेला पर्नुभएको छ । विहीवार गोरु चराउन जानुभएका ३९ बर्षीय राना स्थानीय मौवाघारी जंगलमा मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सुशासन र सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताउनुभएको छ । मोरङको मिक्लाजुङ–५ खोलिटारमा आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।