म्याग्दीको धौलागिरि गाउँपालिका-३ स्थित धौलागिरि माविका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाइ र स्थानीय खाद्यान्नको प्रवद्र्धन गर्न आयात गरिएको खाजा (जङ्क फुड)लाई प्रतिबन्ध लगाइएको हो ।
सप्तरीको तिरहुत गाउँपालिका-५ स्थित लोहजरा दह बाह्य तथा आन्तरिक पर्यटकको रोजाइको केन्द्र बनेको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका ३९ वडा सचिव नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । सिंहदरबारको अधिकार गाउँ-गाउँमा भने पनि विभिन्न स्थानीय तहमा वडा सचिव नहुँदा कामकाज समयमै नहुनाका साथै अन्य समस्या सेवाग्राहीले झेल्नु परेको हो ।
नवलपरासी वर्दघाट सुस्ता पूर्व गैँडाकोटका पुस्कर अधिकारीले आफ्नो जन्मदिनमा विद्यार्थीहरुलाई मुना पत्रिका बाँडेर मनाउनु भएको छ । अधिकारीले गैँडाकोट नगर पालिकामा रहेको विजय आधारभूत विद्यालयका करिब एकसय जना विद्यार्थीलाई मुना बाँड्नु भएको हो ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
मन्थली (रामेछाप), पुस ६ गते । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हीरालाल आचार्यले मेवा बेचेर मासिक रू. एक लाख ५० हजार आम्दानी गर्नुहुन्छ । अनारमा भन्दा बढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताउनुभयो । रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उहाँले बताउनुभयो । सबै खर्च कटाएर वार्षिक आम्दानी रू. १८ लाखसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो । आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाउनुभएको छ । उहाँका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ । हरियाली समृद्ध कृषक समूहको नामबाट उहँले दुई वर्षअघिदेखि सुरु गर्नुभएको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लाग्नुभएको हो । कृषक आचार्यले भन्नुभयो, “पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ । यसको होलसेल मूल्यमा रू. एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ ।” एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो । बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो । उहाँले भन्नुभयो, “अरु रोजगारीका लागि विदेश जान्छन् । म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ । काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ ।”आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिनुभयो । नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उहाँले बताउनुभयो । रासस
धनुषाको हँसपुर नगरपालिका –५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् ।
ठगीसम्बन्धी मुद्दामा कास्कीको पोखरा महानगरपालिका वडा नं.६ का वडा सदस्यसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिकाले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्ने भएको छ । नगरपालिकाका बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकका स्वास्थ्य सम्वन्धी समस्या गाउँमा नै समाधान गर्न लागेको हो ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो । क्षतिपूर्ती दिएर घर टहरा भत्काएपछि लोकमार्गको कालोपत्र गर्ने बाटो खुलेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनभएको हो । उहाँले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढीरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताउनु भयो ।
बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।
सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन कानुनी तहबाट गर्न सरोकारवालाले सुझाव दिएका छन् ।
विगत वर्षमा सधैँ खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्दै आउनुभएका विन्देश्वर मण्डलले यस वर्ष धान बिक्री गर्ने पक्षमा हुनुहुन्न । सरकारले नै धानको उचित मूल्य नदिएपछि सिरहाको लहान नगरपालिका–४ का मण्डल विकल्प खोज्न बाध्य भएको बताउनुहुन्छ ।