दोलखाको कालिञ्चोक गाउँपालिका–४ बन्चरे भन्ने स्थानमा बसका सहचालक मृत अवस्थामा भेटिएपछि स्थानीयहरूले यातायात अवरुद्ध गरेका छन् ।
सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ।
बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका –५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
धान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पाँच जना कृषकलाई नगदसहित पुरस्कृत गरेको छ । एक जनालाई प्रदेश सर्वोत्कृष्ट र चार जनालाई प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट सम्मान गरेको हो ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाले दायर गरेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको छ।
कोहलपुरमा पाटेबाघको छाला र हड्डी सहित तीन जना पक्राउ परेका छन् । कोहलपुर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो ।
आज राष्ट्रिय धान दिवस । किसान धान रोप्नमा व्यस्त हुन थालेका छन् । कृषिमा आश्रित किसान यतिबेला खेतमा रमाइरहँदा गत वर्ष आजका दिनसम्म २५ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष भने नौ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ ।
कैलालीमा यसवर्ष रोपाइँ अझै पनि न्यून रहेको छ । सिँचाइ असुविधाका कारण किसानले असार १५ सम्म थोरै रोपाइँ गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताउनुभएको छ ।
मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
बगनासकाली गाउँपालिकाले ‘सिभिल प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ । विकासे योजनाहरूमा प्रयोग हुने कच्चा पदार्थको जाँच गर्ने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
ताप्लेजुङका बाढीपहिरो पीडित परिवारलाई कलाकार कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी टोलीले राहत सहयोग उपलब्ध गराएको छ ।