मधेश प्रदेशका प्राकृतिक स्रोत तथा वातावरण समितिले धनगढीमाई नगरपालिका १२ र १३ नम्बर वडामा पर्ने चुरे क्षेत्र सर्रे अम्बासको स्थलगत निरीक्षण गरेकोछ ।
कोदोको पिठो ब्रान्डिङ गरी बिक्री गर्दै आएको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको एक सहकारी संस्थाले स्थानीय कृषकहरुबाट उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको छ ।
साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किनुभयो । सात दशक पुराना उहाँलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहनुभएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि बनेका संरचना प्रयोगविहीन भएका छन् । सेती प्रादेशिक अस्पतालमा बनेको कोरोना अस्थायी अस्पताल र बडहरामा रहेको होल्डिङ सेन्टर महामारी हटेसँगै प्रयोगमा आएका छैनन् । कोरोना सङ्क्रमितको उपचारका लागि प्रदेश सरकारको लगानीमा सेती प्रादेशिक अस्पतालमा ५० शय्याको अस्थायी अस्पताल निर्माण गरिएको थियो । महामारीका बेला कैयौँ बिरामीको जीवन बचाएको कोरोना अस्थायी अस्पताल आफैँ बिरामी जस्तै भएको छ ।
प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चलिएको सम्बन्ध हो ।
जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन करिब १० वर्षदेखि सुरु गरिएको अभियानले अझै सफलता पाएको छैन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भने विश्व सम्पदाको पर्खाइमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रूपमा सूचीकृत गराउने कार्यको अपनत्व लिइसकेको जानकारी दिनुभएको छ ।
मुगु जिल्लाको सोरु गाउँपालिका–९ स्थित खनाया स्वास्थ्यचौकीमा कार्यरत तुल्साकुमारी विश्वकर्माले दलित भएकै कारण डेरा छाड्नु परेको छ। दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–११ की तुल्साकुमारी खनाया स्वास्थ्यचौकीमा अनमीका रूपमा कार्यरत हुनुहुन्छ। मुगु कार्यक्षेत्र परेपछि २०७९ माघमा सोरु पुग्नुभएकी तुल्साकुमारी स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्नुभएको थियो। अहिले आएर दलित भएको भन्दै डेराबाट निकालिएको तुल्साकुमारीले बताउनुभएको छ।
बाजुरा जिल्लाको स्वामिकार्तिक गाउँपालिका– १ मा रहेको मुक्तिकोट दलित बस्तीमा गाँस, बास र कपासको चरम अभाव देखिएको छ । यहाँ पिउनलाई खानेपानीसमेत छैन । करिब ३८० घरपरिवार रहेको यो दलित बस्ती पहिरोको जोखिममा छ । गत वर्ष असोजमा आएको अविरल वर्षाका कारण बस्तीको तल र माथिबाट पहिरो गएपछि यस्तो समस्या देखिएको हो ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगाड गाउँपालिका–१ को खच्चामा सुक्खा पहिरो खस्ने गरेको छ । यातायात व्यवसायीले जोखिम मोलेरै सो सडकमा गाडी सञ्चालन गर्दै आएका छन् । जतिखेर पनि सुक्खा पहिरो गइरहने अवस्था छ । सो सडकबाहेक अन्य विकल्प पनि नभएकाले जोखिम उठाएर यातायात सञ्चालन गर्नुपर्ने बाध्यता रहेको व्यवसायी बताउँछन् । सुर्खेतबाट सो सडकमा बोलेरो सञ्चालन गर्दै आएका अमृत मगरले खच्चा क्षेत्र आयो कि जिप चलाउन डर लाग्ने बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा जतिखेर पनि भिरालो जमिनमा माथिबाट सुक्खा पहिरो खसिरहने गर्छ ।
धनकुटा पाख्रिवासका एक युवाले स्थानिय विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । धनकुटाको हिलेमा होटल व्यवसाय गर्दै आउनु भएका पाख्रिवास नगरपालिका–३ का सुवास तामाङ्गले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा दादुरा र रुबेलाविरुद्धको समेत खोप लगाइने छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको जानकारी अनुसार सुर्खेतसहित जुम्ला, कालीकोट, दैलेख र सल्यानमा पुस ४ देखि पुस २५ सम्म टाइफाइडविरुद्धको खोप लगाइने छ। निर्देशनालयका खोप फोकल पर्सन नवराज कँडेलले खोप अभियानको तयारी प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । भूकम्पपछि जाजरकोट र रुकुमपश्चिममा पानीबाट महामारी फैलिन सक्ने भएकाले खोप अभियान सञ्चालन गर्न
परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताउनुभएको छ ।
भनिन्छ, बालबालिका काँचो माटो हुन्। काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्न सक्छ। त्यसै गरी बालबालिकालाई संरक्षण र अवसर दिए उनीहरू पनि देशका सभ्य र सक्षम नागरिक बन्न सक्छन् । अझै अपाङ्गता भएका र विशेष संरक्षणको अवश्यकता भएका बालबालिकालाई झनै अवसर दिनुपर्ने हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुनसरी आउँदै हुनुहुन्छ । नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुनसरी आउन लाग्नुभएको हो ।
बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ ।