विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित पुस्तक ‘दन्किँदो भुटान’ को नयाँ संस्करण आएको छ । भुटानको पहिलो प्रजातान्त्रिक आन्दोलनका योद्धाका नामले चिनिने देवीभक्त लामिटारेले लेखेको पुस्तक पत्रकार विनोद ढुङ्गेलको सम्पादनमा प्रकाशन भएको हो । पुस्तक बिहीबार सार्वजनिक गरिएको छ ।
पहिलो पटक ढुवानी अनुदानमा जिल्लाबाट स्याउ बाहिर ढुवानी सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) ले ढुवानी अनुदानमा किसानको स्याउ जिल्लाबाहिर पठाएको छ । चार सय बोट स्याउ लगाएका सिमकोट गाउँपालिका–२ का किसान गोरसिंह बोहराले आफ्नो स्याउ फार्ममा उत्पादन भएका स्याउ नेपालगन्ज हुँदै काठमाडौँ ढुवानी सुरु भएको बताउनुभयो ।
एक दशकदेखि बाँझो रहेको जमिनमा आलु खेती गरिएको छ । जमिनलाई चारैतिरबाट तारजालीले घरबार गरिएपछि आलु खेती गरिएको हो । अमरगढी नगरपालिका–५, सेलागाउँका खेतमा यस वर्षदेखि व्यावसायिक तरकारी खेती सुरु गरिएको छ । बदलिँदो परिवेशसँगै सेलागाउँका अधिकांश परिवार बसाइँ सरेर तराईतिर झरिसकेका छन् । गाउँमा हाल ३९ घरधुरीको बसोबास छ ।कोही तराईतिर, कोही राजमार्ग छेउछाउतिर बसाइँ सर्दै गएपछि सेलागाउँको खेतबारी बाँझो रहेको थियो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मन्त्रीपरिषद्ले ११५ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राखेको छ । यसअघि अल्पसङ्ख्यकको सूचीमा ९८ जातजाति थिए । मन्त्रीपरिषद्को बिहीबारको बैठकले गृह मन्त्रालयको सिफारिसबमोजिम ०.५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका जातजातिलाई अल्पसङ्ख्यकका रूपमा तोक्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अल्पसङ्ख्यक जातजाति तोक्ने व्यवस्था छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अल्पसङ्ख्यकमा सूचीकृत हुने जातजातिको विवरण राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्याको ०.५ प्रतिशतभन्दा कम रहेका ११५ जातजातिलाई अल्पसङ्ख्यक सूचीमा राख्न सिफारिस गरिएको थियो ।”
नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद तथा श्रील
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त अधिराज्यसँग नेपालले एक सय वर्षअघि गरेको मैत्रीसन्धि विगतमा गरिएको बलियो अन्तर्राष्ट्रिय संयन्त्र भएको बताउनु भएको छ ।
ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका –५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकारको एक वर्षे अवधि सफल रहेको बताउनुभएको छ।
बुढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार बुढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले हरायो ।
नेपाल सुपर लिग (एनएसएल) मा वीरगन्ज युनाइटेडले काठमाडौँ रेजर्समाथि फराकिलो जित निकालेको छ ।
नेपाली कांग्रेसका उपसभापति, सरकारका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय ऐन हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
म्याग्दीको फरक दुई स्थानमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताउनुभएको छ।