सरकारले अस्पताल फार्मेसीहरूलाई औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका –५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार राष्ट्रका साझा मुद्दामा कमजोर रहेको बताउनुभएको छ । अछाम सदरमुकाम मङ्गलसेनमा प्रेस चौतारीले आज गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
जोर्डन सशस्त्र बलले आफ्नो पूर्वी क्षेत्रीय सेनाले सिरियाबाट आउँदै गरेको ड्रोनलाई खसालेको छ बताएको छ । यो महिना दिनभित्रको तेस्रो ड्रोनलाई रोकिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन भएको असार ११ गते छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा गत पुस ११ गते सरकार गठन भएको हो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले रुपन्देहीको भैरहवामा पाँचतारे होटल थपिएको छ । साढे दुई अर्ब लगानीमा निर्माण गरिएको सिद्धार्थ बिलासा होटलको सञ्चालन सुरु भएको छ । रुपन्देहीमा यो तेस्रो पाँचतारे होटल हो ।
ओखलढुङ्गामा किसानको आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको पाइएको छ । यहाँका किसानले पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ काट्न, मकै छर्ने लगायतका काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर, थ्रेसर)को प्रयोग गर्न थालेका छन् ।
मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णकुमार यादवले राष्ट्रको विकासमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याउन नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो ।
कैलालीस्थित कैलारी गाउँपालिकाका गाउँ सभा सदस्यहरूले पालिकाको आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठुलो सम्भावना भएको पेसा चार्टर्ड एकाउण्टेन रहेको बताउनुभएको छ ।
भारतको बेङ्लोरमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार राति समूह ‘बी’ को अन्तिम खेलमा बङ्गलादेश भुटानलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ ।
राप्ती आँखा अस्पतालले आँखा सम्बन्धी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले कर्नियल फोटोग्राफी मेसिन खरिद गरेको छ । राप्ती अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा मेसिन खरिद गरिएको हो ।
सिङ्गो गाउँका किसानहरूलाई स्मार्ट र किसान मिनी टेलर मेसिन (हलो) सहयोग प्राप्त भएपछि पहिलो पटक जोत्न सुरु गरिएको छ ।