लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसर पारेर ताप्लेजुङमा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय वक्तृत्वकलामा भानुजन माध्यमिक विद्यालय प्रथम भएको छ।
भक्तपुर अस्पताल चाँडै तीन सय शय्यामा विस्तार हुने भएको छ । चन्द्र शमशेरको पालामा १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट सञ्चालित उक्त अस्पताललाई केन्द्रीय अस्पतालका रूपमा विस्तार गर्न लागिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
“पछिल्लो समय नेपाली कांग्रेससँग नयाँ पुस्ता खुसी नभएको तथा पार्टीमा नयाँ पुस्ता जोडिन नसकेको गुनासो बढ्दै गएको छ । पुरानो पार्टीबाट देश बन्दैन, यिनीहरूले देश बिगारे भन्ने भाष्य विकास गर्न खोजिएको छ ।”
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ ।
सर्लाहीका ठेकदारले रौतहटको वृन्दावन नगरपालिका अन्तर्गत पर्ने बागमती नदीबाट अवैध रूपमा ढुङ्गा बालुवा झिक्ने काम गरेको पाइएको छ ।
राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक, सामाजिक रूपमा नयाँ ड्राइभ (गति) दिने र बनाएका योजना कार्यान्वयन हुनेगरी १६ औँ योजना तर्जुमाको तयारी गरेको बताएको छ ।
पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा गैँडा पसेर बालीनाली नष्ट गरेको छ । केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका गैँडाले गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रका मकै बाली, गहुँबाली, तोरी लगायतका अन्नबालीमा पसेर बाली खाने, मकै भाँच्ने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको गैँडाकोट नगरपालिका ६ का किसान प्रकाश भुसालले बताउनुभयो ।
नेपालगन्जमा लुम्बिनी प्रदेशका तीन जिल्लाका विद्यालय नर्स कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा सम्पन्न भएको छ ।
बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दुध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेष गरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दुध उत्पादन गर्छन् । ब्राह्मण समुदायले घरबाटै दुध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दुध बिक्री गर्न पाएका छैन ।
सिङ्गापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।
गल्याङ नगरपालिकाका कृषि तथा पशु प्राविधिकहरू घरबारीमै पुगेपछि कृषकहरू उत्साहित भएका छन् । पालिकाले सञ्चालन गरेको ‘कृषकसँग कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत कृषकहरूका खेतबारीमा नै प्राविधिकहरू पुगेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
म्याग्दीमा पछिल्लो समय भलिबल खेलप्रति युवाहरूमा आकर्षण बढेको देखिएको छ । स्थानीय सरकार, विद्यालय र विभिन्न सङ्घ संस्थाहरूले भलिबल खेलको विकासका लागि आवश्यक पूर्वाधारको निर्माण, प्रशिक्षण, तालिम र विभिन्न समयमा प्रतियोगिता आयोजना गर्न थालेपछि भलिबल खेलप्रति युवाहरूको क्रेज बढेको हो ।
दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । घोराही उपमहानगरपालिका-१४ स्थित स्वप्न होजियारी उद्योग एवम् प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन् ।