दाङमा गुरुयोजनाअनुसार काम अघि बढ्न नसक्दा ६ करोडभन्दा बढी लागतमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय पार्क अलपत्र परेको छ । घोराही उपमहानगरपालिका –१३ स्थित धार्मिकस्थल बाह्रकुने दहलाई विकास गर्दै जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनेगरी गुरुयोजना निर्माण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको आश्रित परिवारलाई सहयोग स्वरुप आर्थिक रकम प्रदान गरेको छ ।
उत्तर कोरियाले ‘शत्रले आणविक अस्त्र’ ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ । प्योङयाङलाई ‘आणविक हतियारले उक्साएमा’ आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियालाई ली नेता किम जोङ उनले बताउनुभएको हो ।
खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले जनसङ्ख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ ।
भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्ने एक नेपाली परिवारका पाँच जना गम्भीर घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
बझाङ मष्टा गाउँपालिकाका जनप्रतिनिधी सहित स्थानीयले महिनामा कम्तीमा पनि दुई दिन अनिवार्य श्रमदान गर्ने कार्यको सुरुवात गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजनाबद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
मकवानपुर मनहरी गाउँपालिका –६ स्थित नयाँबस्तीमा जङ्गली हात्तीले दुई वटा घरमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जङ्गली हात्तीले मनहरी गाउँपालिका ६ नयाँबस्तीका बुद्धि राईको ब्लकले बनेको एक तले घरको एकातर्फाको भित्ता भत्काएको छ ।
कैलाली जिल्लाकोे अत्तरिया नगरपालिका गोदावरीमा जिपलाइन सेवा सुरु भएको छ ।
गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।
नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो ।
कोशी प्रदेश सरकारले विराटनगरमा शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
नेपालगन्जमा बजार अनुगमनलाई निरन्तरताका दिइएको छ ।
“मलाई काठको दाबिलो प्रयोग गरेर कोदाेको ढिँडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुुभव गर्न पाएँ”, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टङ्कनाथ बस्ताकोटीले भन्नुभयो ।