नेपाली सेनाको गाइघाटस्थित पशुपतिप्रसाद गणले प्रकोप अगाडि अपनाइने सावधानी र विपतको समयमा गरिने खोज, उद्धार तथा राहतका लागि जिल्लास्तरीय अभ्यास एकीकृत हातेमालो कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले रामायणमा सीताले परीक्षा दिएजस्तै भ्रष्टाचारविरुद्धमा एमालेले जस्तोसुकै परीक्षा दिन तयार रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ।
त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफ क्लबका विजित थापामगरले तेस्रो प्रधानमन्त्री कप खुलाराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ विजयी सुरुवात गर्नुभएको छ ।
बेलामाडौं डेल्टा सडक खण्ड अन्तर्गतको बार्जुगाड खोलामा निर्माण हुन थालेको ४५ मिटर लम्बाई पुल आठ वर्ष हुँदा पनि निर्माण सम्पन्न भएको छैन ।
बाजुराको त्रिवेणी नगरपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ ।
साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ ।
मधेश प्रदेशको मुसहर र डुम समुदायमा अझैपनि नागरिकता र जन्मदर्ता नपाएको अवस्था छ ।
अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेले बुधबार डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ ।
कर्णाली प्रदेशको मन्त्रालयगत बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकको प्रारम्भमै एमाले सांसदले अवरोध गर्नुभएको हो । एमालेको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।
नवलपुरमा चालु आर्थिक वर्षको हालसम्म १७ हजार १ जनाले राहदानी बनाएका छन्।
अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताउनुभएको छ ।
बाँकेको खजुरा –४ ‘इ’गाउँस्थित मिलिजुली वहुउद्देश्यीय कृषि सहकारी संस्थाले रासायनिक मल वितरण गर्ने भएपछि विहानैदेखि किसानहरु लाइनमा बसेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ।
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने भएको छ ।