प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्त्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे चासो लिनुभएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूलाई आफू खुसी विद्यालय शुल्क नलिन निर्देशन दिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ११ स्थित गमलटारमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
जिल्लाको सीमावर्ती हरिनगर गाउँपालिकाका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्ने अवसर पाएका छन् । गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेसँगै यहाँका विद्यार्थीहरूको हात–हातमा पुस्तक पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले भारतबाट भन्सार छलेर ल्याएका अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय राजमार्ग सडक किनारमा बेवारिसे अवस्थामा बिना बिल कागजातको भन्सार चोरी पैठारी गरी ल्याएको तीन लाखभन्दा बढीको मालसामान बरामद गरेको हो ।
स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको छ । कालीका हाउजिङ प्रालिले नेपालगन्ज –६ स्थित हरियाबाबारोड रामनगरमा ५० बिघा जग्गामा सो ग्रिन सिटी निर्माण सुरु गरेको हो ।
महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगरले आग्रह गरेको छ
बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका –१ मा निर्माण गरिएको पानीपोखरी एकीकृत बस्तीका स्थानीयलाई लालपुर्जा वितरण गरिएको छ । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले उहाँहरूलाई लालपुर्जा वितरण गर्नुभएको हो ।
सांसदहरूले मनसुनी विपद्जन्य घटना, वैदेशिक रोजगारीमा जाने नेपालीको विपद्, ललिता निवास जग्गा प्रकरणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चता मात्र प्रमाणित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताउनुभएको छ ।
उमेर ढल्कियो । तन्नेरी रसरङ सकियो । श्रीमान् १० वर्ष पहिल्यै बित्नुभयो । सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो । यो वास्तविक भोगाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ की ९६ वर्षीया ठूलीमाया घिसिङको हो ।
जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउने कानुन बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ । गएको सोमबारदेखि कार्यालयमा नागरिकता लिनका लागि सयौँ मानिसहरू लाइनमा बस्दै आएका छन् ।
चन्द्रागिरि नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिले क्रियाशील उपभोक्ता समितिको अस्तित्व समाप्त हुने गरी ‘एकीकृत खानेपानी तथा सरसफाइ व्यवस्थापनसम्बन्धी विधेयक’ ल्याइएकामा आपत्ति जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने भएको छ ।