नेपालको संविधानको भाग ३ मा मौलिक हक र नागरिक कर्तव्यको लामो सूची छ । मानव जीवनमा प्राणवायु अक्सिजनपछि पिउने पानीको अपरिहार्यतालाई मनन गरी सो सूचीमा (धारा ३५ को उपधारा ४) स्वच्छ खानेपानी तथा सरसफाइलाई नागरिक हकका रूपमा स्थापित एवं प्रत्याभूत गरिएको छ । स्वच्छ खानेपानीको परिभाषा र मापदण्ड विश्व स्वास्थ्य सङ्गठन तथा विश्वव्यापी रूपमा विभिन्न मुलुकले तय गरी लागु गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको सदस्य रहेको हाम्रो मुलुक नेपालले
लोकतन्त्रको मुख्य आधार भनेको आवधिक निर्वाचन प्रणाली हो । जनताले आफ्नो मतको उपयोग गर्न पाउने, आफूलाई मन पर्ने पार्टी तथा प्रतिनिधि छान्न वा रोज्न पाउने माध्यम भनेको निर्वाचन हो । बालिग मतदाताले मताधिकारको प्रयोग गर्न पाएका छैनन् भने त्यसलाई स्वच्छ प्रजातन्त्र वा लोकतन्त्र मान्न सकिँदैन । निर्वाचनको माध्यमबाट जनताको अभिव्यक्ति प्रकट हुन्छन् र प्रतिनिधि आफूलाई निर्वाचन गर्ने जनताप्रति उत्तरदायी बन्छन् । यो अहरणीय हुन्छ । राज्यले कुनै पनि बहानामा बालिग नागरिकलाई निर्वाचनमा भाग लिनबाट वञ्चित गराउन पाउँदैन, किनकि मताधिकार जनताको नैसर्गिक अधिकार हो ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१, रामीडाँडामा किवी खपत हुन छोडेको छ । बजार अभावका कारणले पकेट क्षेत्रकै किवी बिक्न छोडेको हो । रामीडाँडालाई दुई वर्षअगाडि गाउँपालिकाले किवी पकेट क्षेत्र घोषणा गरेको थियो । पकेट क्षेत्रमा उत्पादित किवी बिक्री नहुँदा कृषक चिन्तामा छन् ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको कार्यप्रगतिप्रति असन्तुष्टि जनाउँदै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना सम्बद्ध अधिकारीलाई मन्त्रालयमै बोलाएर छलफल गर्नुभएको छ । आयोजना निर्माणको काममा ढिलाइ भइरहेको भन्दै आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल काममा गति दिन निर्देशन दिनुभएको छ । आयोजनाको काममा ढिलाइ गर्र्ने छुट कसैलाई पनि नभएको भन्दै मन्त्री बस्नेतले निर्माण व्यवसायी तथा आयोजना सम्बद्ध अधिकारीसँग असन्तुष्टि पोख्नुभयो । आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँधस्थल र विद्युत्गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।
चितवनको खैरहनी नगरपालिकाले क्युआर स्क्यान गरी कर तिर्न सकिने व्यवस्था लागू गरेको छ ।
महेश प्रसाईको सम्पादनमा जगदीश नेपालीको स्मृतिग्रन्थ ‘जगदीश स्मृति’ को लोकार्पण भएको छ । राजधानीमा बुधबार आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, प्राडा माधवप्रसाद पोखरेल, गीतकार यादव खरेल, प्राज्ञ आरडी प्रभास चटौतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।
रचनाकार शैलेन्द्र ढकालद्वारा रचित गजल ‘जब तिमी आयौ’ सार्वजनिक गरिएको छ । गायक राज सिग्देलको स्वर र शास्त्रीय सङ्गीतका गुरु चण्डीप्रसाद काफ्लेको सुमधुर सङ्गीत रहेको गजलमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ । नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको गजल रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ । एक जोडीको मातापिता बन्ने दौरानमा आएको उतारचढाव, मानसिक भोगाइ, दुःखदायी पल, सङ्घर्ष, र सफल कथालाई गीतमा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
तीन दिनयता खुलामञ्चमा मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा सङ्गीत बजिरहेको छ भने खुलामञ्चमा नेताको भाषा र चुनावी सभा छ । गाउँघरको मेला झन्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’ को छायाङ्कनका लागि हो । एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायाङ्कन भइरहेको छ । यसले त्यहीँ काम गर्नेलाई पनि रमाइलो आभाष गराएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ ।
प्युठान नगरपालिका–८, गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारले सामाजिक आर्थिक विकासका लागि ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट कार्यक्रम अन्तर्गत भोल नेपालमार्फत दिएको करिब एक करोड रुपियाँको सहयोगमा प्रशोधन केन्द्र स्थापना भएको हो ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएका छन् ।
नेपालगन्जमा निर्माणको अन्तिम चरणमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा ल्याउने विषयमा आवश्यक गृहकार्य सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ४४.३६ हेक्टर क्षेत्रफलमा निर्माणको अन्तिम चरणमा रहेको सो जाँच चौकी सञ्चालनमा ल्याउने विषयमा सोमबार मात्रै नेपाल र भारतका अधिकारीले संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् । भारतको परराष्ट्र मन्त्रालयका सहसचिव, ल्यान्ड पोर्ट अथोरिटी अफ इन्डिया, आइसिपी रुपैडिया, रुपैडिया कस्टम, एसएसबी इन्डियालगायतका निकायका अधिकारी र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रको संयुक्त टोलीले नेपालगन्ज एकीकृत जाँच चौकीको स्थलगत अनुगमन गरेका थिए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना पुनः सञ्चालनको सम्भावना रहेको बताउनुभएको छ । कारखाना र त्यसले प्रयोगमा ल्याएको खानीको बुधबार निरीक्षण गर्दै उहाँले सामूहिक प्रयासबाट पुनः सञ्चालन गर्न सक्ने अवस्था रहेको बताउनुभएको हो । सरकारले अनुदान दिएर मात्र उदयपुर सिमेन्टको समाधान ननिस्कने भएकाले व्यवस्थापन र श्रमिकले जिम्मेवारीबोध गर्नुपर्ने अर्थमन्त्री डा. महतको भनाइ थियो । “कसले जिम्मेवारीबोध नगर्दा यो अवस्था सिर्जना भयो ? यसको हामी सबैले मूल्याङ्कन र विश्लेषण गरौँ,” उहाँले भन्नुभयो, “विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नु पर्छ ।” निजी क्षेत्रले सबै जोखिम आफूले लिएर नाफा कमाउन सक्ने तर उदयपुर सिमेन्टले भने सञ्चालन खर्चको दायित्व पूरा गर्न नसकेकामा उहाँको गुनासो थियो ।