अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका नियामक निकाय तथा सार्वजनिक संस्थानलाई विभिन्न ४८ बुँदामा सुझाव दिएको छ।
भारतको उत्तराखण्ड स्थित देहरादुनमा भएको सातौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पीयनसीपमा सूदुरपश्चिमका खेलाडीले जिते सबैभन्दा बढी स्वर्ण पदक जितेका छन् ।
मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को साझेदारीमा पाँच वर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ २०२३-२०२७ कार्यान्वयनमा आएको छ ।
स्थानीय उत्पादनको बजारीकरणका लागि निस्दी गाउँपालिकाले कोसेली घर सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्र उत्पादन हुने कृषिउपजको प्रवर्धन र बजारीकरणका लागि निस्दी कासेली घर सञ्चालनमा ल्याएको हो ।
नेपाली सेनाका प्रफुल महर्जन र एपिएफका प्रिन्स दाहाल दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ सङ्घ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौँ दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि बुटवलमा हुने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो भने स्केट जात्राको पाँचौँ संस्करण हो ।
पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।
छोराहरूसँगको विवादमा धकेलाधकेल हुँदा पाँचथरको कुम्मायक गाउँपालिका १ गैरीगाँउका ८३ वर्षीय चन्द्रमान तामाङको ज्यान गएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवका आयोजना मध्ये सबैभन्दा प्राथमिकता प्राप्त काठमाडौँ-तराई-मधेस द्रुतमार्ग(फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा गर्न नेपाली सेना दृढ रहेको बताउनुभएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ।
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा साथी बनी कुराकानी गर्ने क्रममा अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिने ३३ वर्षीय सगीर अहमदलाई दुबईबाट पक्राउ गरेको छ ।
विद्यालय पोसाकको बाहिरपट्टीबाट ज्याकेट लगाएर आएका एक विद्यार्थीलाई प्रिन्सिपलले निर्घात कुटपिट गरेका छन्। रुपन्देहीको रोहिणी गाउँपालिका-७ मा रहेको मोडेल गोल्डेन फ्यूचर इङ्गलिस स्कुलका प्रिन्सिपल शम्भु यादवले कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई आकाश गुप्तालाई कुटपिट गर्नुभएको हो।
धनगढी उपमहानगरपालिकामा जग्गा प्लटिङ कार्यविधि २०८० को विपक्षमा बहुसङ्ख्यक वडा अध्यक्षसहित कार्यपालिका सदस्य उभिएका छन्।
नेपालमा पछिल्लो समय काठबाट निर्माण गरिएका सामान उपभोक्ताको रोजाइमा पर्न थालेका छन् । उपभोक्ताको रोजाइलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिका-५ कैलाशनगरमा १४ जना व्यवसायी मिलेर ‘चितवन उड क्राफ्ट प्रालि’ स्थापना गरेका छन् ।