नेपालमा पछिल्लो समय काठबाट निर्माण गरिएका सामान उपभोक्ताको रोजाइमा पर्न थालेका छन् । उपभोक्ताको रोजाइलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिका-५ कैलाशनगरमा १४ जना व्यवसायी मिलेर ‘चितवन उड क्राफ्ट प्रालि’ स्थापना गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा कर्मचारीको अभाव हुँदा दैनिक कामकाज प्रभावित भएको छ । कर्मचारीको अभावले गर्दा काम ढिलो हुने गरेकाले कार्यालयको परिसर सेवाग्राहीको भिडले भरिने गरेको छ । छिटो र छरितो रूपमा काम नहुँदा कार्यालयमा सधैँ भिड हुने गरेपनि समाधानमा भने ध्यान पुगेको छैन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सामाजिक सञ्जाल प्रयोगको न्यूनतम आधार नेपाली समाजले अङ्गाल्दै आएको सामाजिक मूल्य मान्यता हुनुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकामा शिख ‘पृथकतावादी’ नेताको हत्याको षडयन्त्रबारे उपलब्ध गराइएको कुनै पनि प्रमाणको अनुसन्धान गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता र देश दुवै क्षेत्रमा धेरै काम गर्न बाँकी भएको औँल्याउनुभएको छ। सभापति देउवाले जिम्मेवार पत्रकारिता जरुरी भएकोमा जोड दिनुभयो।
म्याग्दीको बेनी नगरपालिका-४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरूपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् ।
रुसी सेनामा भर्ना भएका धनुषाको मिथिला नगरपालिका-७, केमलीपुरका २९ वर्षीय विमल जगमेर सम्पर्कविहीन भएपछि घरपरिवारका सदस्य चिन्तामा डुबेका छन् । उहाँहरूले विमलको अवस्था पता लगाइदिन याचना गरेका छन् ।
इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ ।
अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवम् निरीक्षण गरेको छ । बुधबार विभागको टिमले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरूले गरेको कामको अनुगमन एवम् निरीक्षण गरेको हो ।
हेटौँडा औद्योगिक क्षेत्रका चार वटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेको हो ।
लुटपाटपछि वृद्धाको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–३ की ८२ वर्षीय बालामाया सुनुवारको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गर्नु भएको छ ।
जिल्ला क्रिकेट सङ्घ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको निधन भएको छ । श्रेष्ठको लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा र त्यसपछि काठमाडौँमा उपचार भइरहेको थियो ।
झापामा फेरि हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दीबारी गाउँपालिका–२ वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ६० वर्षीय पाथल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।