सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज छ महिना पूरा भएको छ ।
दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता असार १५ आयोजना हुने भएको छ ।
नेपाली कांग्रेसको सदस्य बन्न चाहने नेपाली नागरिकले अब अनलाइनबाटै सदस्यता लिन पाउने भएका छन् ।
परम्परागत लोक कला र संस्कृतिको संरक्षण गर्न तनहुँमा २० औँ राष्ट्रिय धान दिवसको उपलक्ष्यमा असार १५ गते पाँचौँ हिले महोत्सवको आयोजना गरिने भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संयुक्त राष्ट्र सङ्घको शान्ति अपरेसनका उपमहासचिव जिन पियरे ल्याक्रोइक्सबीच भेटवार्ता भएको छ। मंगलबार रक्षा मन्त्रालयमा मन्त्री खड्का र उपमहासचिव जिनबीच भेटवार्ता भएको हो।
बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ ।
नेपालले भारतमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हरायो ।
प्युठानको नौबहिनी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाका ८ वटै वडाका नागरिकलाई लाभ दिनका लागि एम्बुलेन्स सेवा सुरु गरिएको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । मङ्गलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले महानगर प्रमुख साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
नवलपुरकाे मध्येविन्दु नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकताको भीड थेग्न मुस्किल भएपछि टोकन प्रणाली लागु गरिएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ लागु भएपछि गएको आइतबारदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवा तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानको अत्यन्तै भीड बढेको छ ।
बागमती प्रदेश सभाको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यले अवरोध गरेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएको पूर्वी खण्डमा ३८.५९ प्रतिशत काम सकिएको छ । (बर्दघाट–सुस्तापूर्व) मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।
सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनस्थित मुसहर बस्तीमा स्थानीयले पालेका पशु चौपायालाई मङ्गलबार निःशुल्क भ्याक्सिन लगाइएको छ ।