सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपियाँ तोकेको हो ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोग बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जनाएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ । नगरवासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाउन सो अभियान चलाएको जनाएको छ ।
मल्लरानी गाउँपालिकाको गाउँपालिकाभित्रको मल्लरानी क्षेत्रको पर्यटन प्रवर्द्धनमा करोडौँ लगानी गरिरहेको छ । जिल्ला सदरमुकाम खलङ्गाको शिरमा रहेको मल्लरानीमा करिब चार करोड लगानी गर्न लागिएको छ ।
बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पतालले ९६ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो र मुलुकभरमा दोस्रो भएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका –७ का कृषक जयलाल गिरी कागती खेतीबाट सन्तुष्ट रहेको र त्यसबाट मनग्य आम्दानी भइरहेको बताउनुभएको छ ।
जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै जिल्लामा एक वर्षमा पाँच सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी सङ्क्रमित रहेको तिवारीले जानकारी दिनुभयो ।
एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ ।
आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणले सोचेअनुरुप गति लिन नसकेको हो । यो प्याकेजको सम्झौता अवधि एक वर्ष बाँकी रहँदा हालसम्म ७० प्रतिशत काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।
गौरीशङ्कर गाउँपालिकाका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गरिएको छ ।
बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।
जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेपछि आयोजनाले ठेक्का तोडेर कानुनी उपचारमा लागेको जनाएको छ ।
थारु समुदायको बाहुल्यता रहेको बाँकेको राप्ती-सोनारी गाउँपालिकाले सिकलसेल एनिमिया र थालेसेमिया रोगका पहिचानका लागि जारी अभियानलाई थप प्रभावकारी बनाउने भएको छ ।
गुल्मी अस्पताल तम्घासमा हेमोडायलाइसिस सेवा सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला अस्पताल गुल्मीमा अहिलेसम्म यो सेवा थिएन । सेवा लिन सेवाग्राहीहरू बाहिर जानुपर्ने अवस्था थियो । अब जिल्ला अस्पतालमा यो सेवा सञ्चालनमा आउन लागेको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा।किशोर बन्जाडेले बताउनुभयो ।