संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको हो ।
वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित माप्य दूधकोसी गाउँपालिकामा भर्खरै शुभारम्भ गरिएको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ले पूरा गरिदिएको छ ।
गाजाक्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जानुहुने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामका लागि सहमत हुन इच्छुक रहेको बताएपछि उहाँको इजिप्ट यात्राबारे जानकारी आएको हो ।
बागमती प्रदेश सरकारले प्रदेशका थप दुई वटा मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।
पश्चिमी वायुको प्रभावका कारण अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।
लेबनान–इजरायल सिमानामा भएको भिडन्तमा एक हिजबुल्लाह लडाकुको मृत्यु भएको छ भने सर्वसाधारण नागरिक घाइते भएका छन् ।
हेटौँडा उपमहानगरपालिका–१९ मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ ।
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा-मुग्लिन अन्तर्गत पूर्वी खण्डको दुईतर्फी कालोपत्रे सुरु भएको छ ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार मध्याह्नबाट बैठक सुरु भएको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–४,नाउरा स्थित रनजनज्योति आधारभूत विद्यालयमा तीन कक्षा सम्म पढाई हुँदै आएको छ । भौगोलिक रुपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यहीँ विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् ।
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधवार बिहान २ बजे बारामा दुर्घटना २७ जना घाइते भएकाहरूको पहिचान खुलेको छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
बुधवार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टा बाट काठमाडौँ तर्फ जाँदै गरेको बा.३.००१ख २५८७ न.को बस र हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठक्कीएको थियो ।