• २४ वैशाख २०८१, सोमबार

लेबनान–इजरायल सीमामा भएको भिडन्तमा हिजबुल्लाह लडाकुको मृत्यु

blog

काठमाडौं, पुस ४ गते । लेबनान–इजरायल सिमानामा भएको भिडन्तमा एक हिजबुल्लाह लडाकुको मृत्यु भएको छ भने सर्वसाधारण नागरिक घाइते भएका छन् ।

दक्षिणपूर्वी लेबनानी गाउँ अल–मारीमा इजरायली आक्रमणबाट एक्को मृत्यु हुनुका साथै केही सर्वसाधारण घाइते भएको बताइएको छ । पाँच घर ध्वस्त भएको छ भने अन्य २० घरमा क्षति पुगेको छ ।

हिजबुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेपछि अक्टोबर ८ देखि लेबनान–इजरायल सीमानामा तनाव बढेको थियो । हिजबुल्लाह र इजरायलबीचको भिडन्तमा लेबनानी पक्षमा १५८ मारिएका छन् ।

जसमा १११ हिजबुल्लाह सदस्यहरू, एक लेबनानी सेनाका सिपाही, अमल आन्दोलनका एक सदस्य, हमास र इस्लामिक जिहादका १६ सदस्य र २९ नागरिक मारिएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल