• २४ वैशाख २०८१, सोमबार

इराकमा एक दशकपछि पहिलो पटक प्रान्तीय निर्वाचन सम्पन्न

blog

काठमाडौं, पुस ४ गते । राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ ।

इराकीहरूले बगदाद र अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्त बाहेक सबै प्रान्तमा इराकीहरूले मतदान गरेकाले सुरक्षा व्यवस्था मजबुत पारिएको थियो । जसका लागि सात हजार १६६ मतदान केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्कअनुसार दुई दिनअघि प्रारम्भिक मतदानमा मतदान गरेका सुरक्षाकर्मी र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूसहित करिब १ करोड ६० लाख मानिस प्रान्तीय निर्वाचनमा मतदान गर्न योग्य थिए । गत साता शनिबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी प्रारम्भिक मतदान ६७ प्रतिशत पुगेको बताएको थियो ।

यसले सुरक्षा बल र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका लागि प्रारम्भिक मतदानमा १० लाख ५० हजार ६५३ योग्य मतदातामध्ये सात लाख ६ हजार १०५ जनाले आफ्नो मत दिएका थिए । दुई सय ८५ सिटका लागि चुनावी प्रतिस्पर्धामा रहेका पाँच हजार ९०१ उम्मेदवारबाट मतदाताले प्रादेशिक परिषद्का लागि नयाँ सदस्य चयन गर्ने अपेक्षा गरिएको छ । इराकमा पछिल्लो प्रान्तीय निर्वाचन अप्रिल २०१३ मा भएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल