नवलपुरमा जबर्जस्ती बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।
इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनुहुन्छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
झापामा बुधवार बिहानै थ्रेसरमा च्यापिएर एक व्यक्तिको मृत्यु भएको छ । आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बाङ्गे–नडाहा हुँदै धरान जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ । गत जेठबाट सुरु भएको सडक बनाउने कामले तीव्रता लिन थालेको हो । वराहक्षेत्र नगरपालिका–३, बाङ्गेदेखि धरान १७ जोड्ने कालोपत्रे सडक बनाउने कामले पछिल्लो समय गति लिन थालेको छ ।
सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगर्दा उत्तरी मुलुक चीनको व्यापारिक नाकासँग जोडिएको गमगढी–नाकच्यालाग्ना सडकको ट्र्याक खोल्न ढिलाइ भएको छ। जिल्ला सदरमुकाम गमगढीदेखि चीनको सिमानासम्म ९१ किलोमिटर उक्त सडक निर्माण बजेट अभावमा सुस्त गतिमा छ। उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा निर्माण भइरहेको छ।
प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
द्वन्द्वकालमा पाएको शारीरिक यातनाले पूर्णप्रसाद पौडेललाई अहिले झस्काउँछ। हातखुट्टाका औँलामा ठोकिएका पिन, चिरिएका पैतला, करेन्टका डरलाग्दा ती झड्का सम्झन पनि चाहनुहुन्न, पूर्णप्रसाद। सुर्खेतको वीरेन्द्रनगर–६ का पौडेलको दैनिकी छ, दुःखेको छाती र टाउको समातेर बस्नु। डिप्रेसनको औषधी नियमित सेवन। द्वन्द्वपीडित पौडेलले भन्नुभयो, “कैयौँ रात बेहोसीमै हिँडेको छु। त्यसरी हिँड्दा कोठाका भित्तामा ठोक्किएर ब्युँझिएको छु।”
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । परम्परादेखि देवीदेवता एवं दुर्गादेवी नाच्ने ठाउँ (थली) लाई जोडेर यस गाउँपालिकाको नाम दुर्गाथली राखिएको हो । साबिकका सैनपसेला, मौलाली र चौधारी गाविस मिलेर यो गाउँपालिका बनेको हो । यो पालिका जिल्लाकै देवभूमिका रूपमा परिचित छ । यस गाउँपालिकाको अध्यक्षमा युवानेता दिलबहादुर थापा (तुफान) निर्वाचित हुनुभएको डेढ वर्ष भएको छ । गाउँपालिकाको विकास निर्माण, समस्या, चुनौतीलगायतका विषयमा केन्द्रित रहेर गोरखापत्रका लागि बझाङ समाचारदाता शैलेन्द्र रोकायाले उहाँसँग गर्नुभएको कुराकानी :
गाउँपालिकाको फोहोर व्यवस्थान गर्ने गरी निर्माण गरिएको अर्जुनचौपारी फोहोर व्यवस्थापन केन्द्र प्रयोगमा ल्याउने तयारी गरिएको छ । निर्माण सकेको साढे दुई वर्षपछि प्रयोगको तयारी गरिएको हो ।
झापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द सडक निर्माणमा भएको लापरबाही तथा ढिलासुस्तीको विषयमा सम्बन्धित सरोकारवाला निकायबिच छलफल भएको छ । बजेट पर्याप्त हुँदासमेत निर्माण व्यवसायीको तर्फबाट काममा ढिलासुस्ती भएको छ ।
विद्यालयमा आठ विद्यार्थी अध्ययनरत थिए, विद्यार्थी सङ्ख्या थोरै भएपछि कक्षाकोठाको अभाव हुने कुरै भएन । विद्यार्थी सङ्ख्या घटे पनि विद्यालयका लागि पक्की भवन बनाउने बजेट प¥यो । पहुँचका भरमा भवन बनाउन आएको बजेटले भवन पनि बन्यो तर भवन निर्माण सम्पन्न हुँदा पढ्न आउने विद्यार्थी भने कोही पनि भएनन् । यो वालिङ नगरपालिका–१४, हुग्दीमा रहेको भविष्य उज्ज्वल आधारभूत विद्यालयको अवस्था हो । अहिले विद्यालय पूर्ण रूपमा बन्द छ । विद्यार्थी सङ्ख्या शून्य भएपछि विद्यालयमा कार्यरत शिक्षकलाई विभिन्न विद्यालयमा खटाइएको छ । वालिङ नगरपालिकाले विद्यालयलाई मर्ज गर्ने निर्णय गरेर शिक्षकलाई अन्यत्र खटाएको हो । विद्यालयमा चार जना शिक्षक कार्यरत रहेका थिए ।
थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा झुटा उजुरी दिनेलाई कारबाही गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले इस्मामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तर्क्रिया कार्यक्रममा राजनीतिक आस्था र दुःख दिने नियतले उजुरी राख्नेलाई कारबाही गर्नुपर्ने सुझाव आएको हो ।
बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ । त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चारजना कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको छ ।