कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय सम्पादनलाई छिटो, छरितो र सर्वसुलभ बनाउने विषयमा आफ्नो मन्त्रालय गम्भीर रहेको बताउनुभएको छ।
हेवा खोलामा ह्युम पाइप मार्फत पानी तर्काएर डाइभर्सन बनेसँगै मेची राजमार्गको पाँचथरको फिदिम–ताप्लेजुङ सडकखण्ड सञ्चालन भएको छ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गर्नु भएको छ ।
२० वर्ष उमेर पुगेर विवाह गर्ने महिलालाई गाउँपालिकाले सम्मान गरेको छ । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेका महिलाहरूलाई सम्मान गरेको हो ।
घर आँगनमा आउने सर्पलाई उद्धार गर्नका लागि सर्प उद्धार सम्बन्धी तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुले ३० जनालाई उद्धारकर्ता तालिम प्रदान गराएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षता नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताउनुभएको छ ।
हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर(बेनी-जोमसोम-कोरोला) सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका -२ ,भुरुङतातोपानीस्थित भुरुङ खोलामा बेलिव्रिज निर्माण गरिएको छ ।
नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
कैलालीस्थित धनगढीको मुख्य बजारमा बन्ने सडकको आज शिलान्यास गरिएको छ । कैलाली पुलदेखि हुलाकी सडकको जिरो प्वाइन्टसम्मको सडक स्तरोन्नतिको शिलान्यास गरिएको हो ।
सर्लाहीका जनस्वास्थ्य निरीक्षक/अधिकृत (सातौँ तह)का कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका खण्डमा पर्ने पूर्व पश्चिम राजमार्गको किनारमा रहेका सुकेका रुख सम्बन्धित निकायले नहटाइदिँदा दुर्घटनाको जोखिम बढेको छ ।
नेपाल प्रेस युनियन काठमाडौं शाखामा महेश्वर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र सचिवमा निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औँल्याउनुभएको छ । काठमाडौंमा आयोजित नेविसंघ र तरुणदलका नेताहरूसँगको छलफल कार्यक्रममा उहाँले युवा कांग्रेस आजको आवश्यकता भएको बताउनुभएको हो ।
चर्चित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।