प्रहरीले साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक नवलपरासी स्थायी घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय लक्ष्मण विश्व र काभ्रेपलाञ्चोकका ४० वर्षीय सोफि मल्ललाई पक्राउ गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाको सुन्तला बगैँचा । बास्कुनाका बासिन्दाले पुरै गाउँमा सुन्तला खेती गरेका छन् ।
नेपाल विविध जाति र समुदायको संयुक्त संरचना भए पनि राज्य संरचनामा विविधताको तस्विर आउन नसकेको आदिबासी अगुवाहरुले गुनासो गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुग्ने बताउनुभएको छ। मंगलबार प्रविधि पत्रकार मञ्चको कार्य समितिसँग मन्त्रालयमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो।
सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ गीत रेकर्ड भएको छ । गीतमा सङ्गीता राना प्रधानको स्वर समावेश छ भने जुगल डङ्गोलले सङ्गीत र एरेन्ज गर्नुभएको छ ।
भ्याली पब्लिकले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मङ्गलबार भएको प्रतिस्पर्धामा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलाई ७२–५० ले हरायो ।
उपाधि दाबेदार ललितपुर सिटी क्लबलाई नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलामको नमिठो धक्का लागेको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा इलामले ललितपुरलाई १–० गोलले हरायो ।
स्थानीय तहको कानुन निर्माणमा सहजीकरण गर्न र कानुन कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले लुम्बिनी प्रदेशसभाले कानुन निर्माण तथा सभा सञ्चालनका लागि स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया सुरु गरेको छ ।
नेपाल सितोरियो कराते सङ्घ जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादनमूलक र रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।
चाइना चेस सङ्घको आमन्त्रणमा आठ राष्ट्र सम्मिलित साङ्घे होल्डिङ्ग कप पाँचौँ एससिओ अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता चीनको साङ्डोङ प्रदेशमा सम्पन्न भएको छ ।
बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सेनाका सुरोज महर्जनको जोडी ललितपूर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको दोश्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को दोश्रो चरणमा प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय गौरवको सूचीमा रहेको भएपनि भेरी बबई आयोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति दिन निर्देशन दिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन, २०५३ संशोधनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताउनुभएको छ।
‘न्युयोर्क राइटर्स वर्कसप’ले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । वि.सं.२०८१ जेठ ९-२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् ।